Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाण्डमा संलग्न रहेको पाइएपछि बाजेको सेकुवामा प्रहरीको छापा

बुधबार, ३० जेठ २०७५, १५ : १० मा प्रकाशित

सुनकाण्डमा संलग्न रहेको पाइएपछि बाजेको सेकुवामा प्रहरीको छापा

अर्थ संसार, काठमाडौँ – सुनकाण्डमा बाजेको सेकुवा समेत तानिएको छ । सुन तस्करी तथा सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको सरकारी समितिले चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको हो ।

नक्साल, गैरीधारास्थित शाखामा समितिले बुधबार छापा मारेको हो । गत चैतमा सुन तस्करीको अनुसन्धान समितिले काम थालेपछि सेकुवाका साहु भण्डारी फरार रहेको प्रहरीले जनाएको छ ।

मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको समितिका एक सदस्यले बताए । भण्डारीको पूर्ण स्वामित्वमा रहेका ५ र उनका नातेदार सञ्चालक रहेको १ गरी ललितपुर र काठमाडौंमा रहेका ६ स्थानमा छापा मारेको हो ।

सुन तस्करीमा संलग्न भएको पाइएपछि समितिले भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का गरिसकेको छ । सुन तस्करी गिरोहका नाइके चुणामणि उप्रेती मार्फत भन्डारीले लगानी गरेको अनुसन्धानबाट खुलेको थियो ।  उप्रेती र भण्डारी नातेदार रहेको बताइन्छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको