Like us!
Follow us!
Connect us!
Watch us!

व्याजदर बढाउन बढाउन बैंकहरुविच होडबाजी, सेञ्चुरीको मुद्दतीमा १२.५ प्रतिशत व्याज

बुधबार, ३० जेठ २०७५, ११ : २३ मा प्रकाशित

व्याजदर बढाउन बढाउन बैंकहरुविच होडबाजी, सेञ्चुरीको मुद्दतीमा १२.५ प्रतिशत व्याज

अर्थ संसार, काठमाडौं– बैंकर्स संघले व्याजदरमा फुकुवा गरेपछि अहिले बैंकहरुविच व्याजदर बढाउने होडबाजी चल्न थालेको छ ।

संघको फुकुवासँगै सेञ्चुरी कमर्सियल बैंकको मुद्दती खातामा १२.५% सम्म ब्याजदर पाइने योजना ल्याएको छ । बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको हो ।

बैंकले ३ महिना देखि ६ महिना सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२% र ६ महिना देखि १ वर्ष सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२.५% प्रदान गर्ने गरि दुई नयाँं योजना ल्याएको  बैंकले जनाएको छ ।

यस अघि गत सोमबार एनआइसी एसिया बैंकले धनबर्षा मुद्दती निक्षेपमा १२ प्रतिशत व्याजदर दिने योजना सहित मैदानमा उत्रिएको थियो ।

नेपाल राष्ट्र बैंकले लगानी योग्य पुँजी बजार र बैंकको आर्थिक अवस्थालाई हेरी मुद्दतिमा १३ प्रतिशत सम्म व्याज दिन पाउने व्यवस्था गरेको छ । जुन व्यवस्था अनुसार वाणिज्य बैंकहरुले धमाधम व्याजदर बढाउने योजनामा रहेका छन् । 

‘अहिले पुँजी बजार सहज भएकाले बैंकले व्याजदर बढाउन सक्नेछन’ बैंकर्स संघका सचिव अनिल  शर्माले अर्थ संसारलाई भन्नु भयो (‘अहिलेको  बजारले नै व्याजदर निर्धारण गर्ने छ ।’

फेरि बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा बढ्न थालेको छ । ब्याजदर बढाउन बैंकहरुले प्रतिस्पर्धा गर्दा निक्षेपकर्तालाई फाइदा हुन्छ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको