Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले नलगाड आयोजनामा कम बजेट छुट्याएपछि स्थानीयबासी आक्रोशित

विहीबार, ३१ जेठ २०७५, ०५ : ०६ मा प्रकाशित

सरकारले नलगाड आयोजनामा कम बजेट छुट्याएपछि स्थानीयबासी आक्रोशित

अर्थ संसार, काठमाडौँ– सरकारले आगामी वर्षको बजेटमा ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनाका लागि नाम मात्रको बजेट विनियोजन गरेको स्थानीयवासीले गुनासो गरेका छन ।

विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) निर्माणको चरणमा रहेको आयोजनालाई समेत कम प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दा जाजरकोटवासी चिन्तित बनेका छन् ।

आयोजनाको मुआब्जा वितरणका लागि करीब ३ अर्ब रुपैयाँ बजेट माग गरिएकामा १ करोड ५० लाख रुपैयाँ मात्र विनियोजन भएको छ ।

आयोजनाका लागि ५ हजार ४०० रोपनी जग्गाको मुआब्जाका लागि मात्रै २ अर्ब ७३ करोड रुपैयाँ रकम माग गरेकामा सरकारले डेढ करोड मात्र विनियोजन गरेको कम्पनीका कार्यकारी प्रमुख नरेन्द्रसिंह भण्डारीले बताए।

कम बजेट विनियोजन हुँदा डिपिआर, मुआब्जा वितरण र कन्स्ट्रक्सन पावर निर्माणलगायत कार्य अलपत्र पर्ने भण्डारीले जानकारी दिए । “नलगाड हाइड्रोपावरको सब प्रोजेक्टका रूपमा रहेको चार मेगावाटको ताँसुगाड जलविद्युत् आयोजना निर्माणका लागि १ अर्ब बजेट प्रस्ताव गरेका थियौँ विनियोजन भएन” उनले भने ।

चालू आर्थिक वर्षसम्म ३०५० रोपनीको मात्र मुआब्जा वितरण भएको उनको भनाइ छ । आगामी आवका लागि विनियोजित १ करोड ५० लाख रुपैयाँले २५ रोपनी जग्गाको मुआब्जा पनि दिन नपुग्ने उनको भनाइ छ । मुआब्जा वितरण र कन्स्ट्रक्सन पावर निर्माण कार्य एकर दुई वर्षभित्र पूरा नभए आयोजनाले गति नलिने उनको दावी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको