Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्प‍-किमले गरे संयुक्त सहमतिपत्रमा हस्ताक्षर

मंगलबार, २९ जेठ २०७५, १२ : ३७ मा प्रकाशित

ट्रम्प‍-किमले गरे संयुक्त सहमतिपत्रमा हस्ताक्षर

अर्थ संसार, काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनले सिंगापुरमा अभूतपूर्व वार्ता गरेपछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले निकै गर्वको अनुभव गरेको बताएका छन्।

उनले विगतको दांजोमा अब संयुक्त राज्य अमेरिका र कोरियाली प्रायस्द्वीपबीचको सम्बन्ध नितान्त भिन्न हुने पनि बताएका छन्।

उनले दुवै पक्षले एकदमै विशेष सम्बन्ध विकसित गरेको समेत भनेका छन्।

नेता किमले बैठक ऐतिहासिक भएको भन्दै विश्वले अब ठूलो परिवर्तन देख्न पाउने बताए।दुवै पक्षबीच हस्ताक्षर भएको सहमति पत्र पत्रकारहरुलाई वितरण गरिंदैछ।

संयुक्त राज्य अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निश्शत्रीकरणका लागि जोड दिंदै आएको थियो।

यो पनि पढ्न्होस्

ट्रम्प -किम भेटवार्ताको अर्थ

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच भेटवार्ता

ट्रम्प–किम शिखरवार्ताका लागि १ करोड ५० लाख डलर खर्च 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको