Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँमा चोर मुक्त अभियान , १५ दिनमै समातिएर ३०७ चोर

मंगलबार, २९ जेठ २०७५, ११ : २६ मा प्रकाशित

काठमाडौँमा चोर मुक्त अभियान , १५ दिनमै समातिएर ३०७ चोर

अर्थ संसार, काठमाडौँ– महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न ३०७ अभियुक्तलाई पक्राउ गरेको छ ।

 महाशाखाले यही जेठ १३ देखि आजसम्म सञ्चालन गरेको १५ दिने काठमाडौँ उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताउनुभयो ।

काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अपराह्न घरमा लगाइएको ताल्चा फोरेर ल्यापटप, सुन, चाँदी, नगदसमेत चोरी गर्नेलाई विशेष अभियानमार्फत उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । “उपत्यकाको चोरी नियन्त्रण गर्न बिहान १० देखि साँझ ६ बजेसम्म सादा पोशाकमा प्रहरी खटाई उक्त अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको