Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको ‘चन्द्र सुर्य बचत खाता’ मा १० प्रतिशत व्याज

मंगलबार, २९ जेठ २०७५, ०९ : ११ मा प्रकाशित

सिभिल बैंकको ‘चन्द्र सुर्य बचत खाता’ मा १० प्रतिशत व्याज

अर्थ संसार, काठमाडौं-सिभिल बैंक लिमिटेडले सर्वाधिक व्याज पाइने बचत खाता योजना चन्द ‘चन्द्र सुर्य बचत खाता’ सञ्चालनमा ल्याइएका  छ ।

बैंकले बचत खातामा सर्वाधिक १० प्रतिशत वार्षिक व्याजदर प्रदान गर्ने जनाएको छ । न्यूनतम मौज्दात १०,०००  रहेको  यस बचत खातामा ग्राहकका लागि निशुल्क इन्टरनेट बैकिङ, एटिएम कार्ड, चेक बुक, एसएमएस बंकिङ  सेवा, माइवाइल बैकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छुट तथा पाँच लाखसम्मको दुर्घटना मुत्यु /अपाङगताको निशुल्क बीमा हुनुका साथै ग्राहकलाई ग्राहककै  घरदैलोमा गई सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

त्यसै गरी ग्राहकलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दति खातामा १२.२२ वार्षिक व्याजदरमा प्रदान गर्ने भएको छ । जसमा न्यूनतम मौज्दात तीन लाख रहेको छ ।

सिभिल बैंकले आफ्नो आगामी दिनमा थप यस्तै आकर्षक सेवा/ योजना प्रदान गर्दै  जाने बैकका चिफ विजनेस अफिसर सुजितकुमार शाक्यले बताउनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको