Like us!
Follow us!
Connect us!
Watch us!

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच भेटवार्ता

मंगलबार, २९ जेठ २०७५, ०८ : २२ मा प्रकाशित

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच भेटवार्ता

अर्थ संसार,  काठमाडौं - अर्थ संसार, काठमाडौं सिंगापुरको सान्तोसा टापुस्थित क्यापिला होटलमा केहीबेर अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेट भएको छ । बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच भएको यो नै पहिलो भेट हो ।

सिंगापुरको सेन्तोसामा भइरहेकोअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचकोशिखर वार्ता शान्ति स्थापनाका लागि उत्तरको आणविक निस्शस्त्रीकरणमा केन्द्रित हुने छ। ट्रम्पले वार्ता अघि नै शान्तिका लागि ‘एक पटकको प्रयास’ भएको बताउँदै आएका छन्। उनले वार्ताको सम्भावित नतिजाबारे आफूले एक मिनेटमै थाहा पाउने दाबी गरेका थिए।

अमेरिका उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छ । ट्रम्पले किमसँग लामो समयसम्म छलफल चल्न सक्ने र त्यसपछि पनि कैयौं पटक भेट गर्नुपर्ने हुन सक्ने यसअघि नै बताइसकेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किम ऐतिहासिक शिखर वार्ताका लागि एक दिन अघि नै सिंगापुर पुगेका थिए। क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन्।

उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेका थिए।

उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आइतबार ३ वटा हवाईजहाज आएका थिए। तर उत्तर कोरियाली अधिकारीले किम तीमध्ये कुन जहाजमा यात्रा गरेका छन् भन्नेबारे जानकारी गराएका थिएनन्।

सिंगापुरको चाङगी विमानस्थलमा अवतरण गरेको पहिलो कार्गो जहाजले किम चढ्ने सुरक्षित लिमोजिन गाडी ल्याएको थियो। दोस्रो एयर चाइना ७४७ जहाज आइतबार बिहानै बेइजिङबाट छुटेको करिब एक घण्टा प्योङयाङमा रोकिएपछि बेइजिङ फर्कनुको साटो सिंगापुरतर्फ लागेको थियो।

त्यसैगरी, किमको निजी जहाजले पनि सँगसँगै उडान भरेको थियो। त्यसकारण अधिकारीहरूलाई किम कुन जहाजबाट आउँछन् भन्ने यकिन थिएन। यद्यपि, एयर चाइना ७४७ बाट आफ्नो टोलीसहित निस्केका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए।

उत्तर कोरियाली टोलीमा वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरू रहेका छन्। उत्तर कोरियाली टोली सेन्ट रेगिस होटलमा बसेको रोयटर्सले जनाएको छ। किमले सिंगापुरका प्रधानमन्त्री लि सियेन लुंगसँग भेटवार्ता गरेका थिए।

किमले सन् २०११ मा देशको शासनसत्ता सम्हालेयता तेस्रो देशमा पाइला टेकेका हुन्। यसअघि उनी दक्षिण कोरिया तथा चीनको भ्रमणमा निस्केका थिए। चीन उत्तर कोरियाको निकटस्थ राष्ट्र हो। किम गत अप्रिल महिनामा दुई कोरियाबीच भएको शिखर वार्ताका क्रममा दक्षिण कोरिया पुगेका थिए।

सिंगापुर शिखर वार्तासँगै दुई कोरियाको सीमा क्षेत्रमा नागरिकहरू दुर्लभ करिब ७० वर्षदेखि हुन नसकेको शान्ति सम्झौता टुंगोमा पुग्ने अपेक्षा गरेका छन्।

ट्रम्प र किमबीच हुने शिखर बैठकबारे भने सरकारी नियन्त्रणमा रहेका उत्तर कोरियाली सञ्चारमाध्यमले सूचना सम्प्रेषणमा नियन्त्रण गरिरहेको जनाइएको छ।

नागरिकसम्म के के जानकारी पुर्‍याउने भन्नेबारे नियन्त्रण कायम गर्ने उत्तर कोरियामा महत्त्वपूर्ण घटना भएपछि मात्रै त्यसबारे समाचार दिने अभ्यास छ।

बैठकबारे उत्तर कोरियाली सञ्चारमाध्यमले प्रत्यक्ष उल्लेख गरेका छैनन्। गत मेमा शिखर बैठकमा सहभागी नहुने प्योङयाङले चेतावनी दिएपछि त्यसको चर्चा गरिएको थियो।

वार्ता क्यापिला होटलमा भए पनि दुई नेता बस्ने व्यवस्था भने अन्यत्रै छ । ट्रम्प सिंगापुरको मुख्य टापुस्थित सांग्रिला होटलमा बसेका छन् । उनी उक्त होटलमा यसअघि पनि बसिसकेका थिए । यस्तै किम भने सेन्ट रेगिस होटलमा बसेका छन्।

5b1f361997bf9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको