Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्समा लगानी गर्दा लगानीकर्तालाई कति फाइदा ? हेरौं आधारभूत तथा प्राविधिक विश्लेषण

मंगलबार, २९ जेठ २०७५, ०८ : ११ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्समा लगानी गर्दा लगानीकर्तालाई कति फाइदा ?  हेरौं आधारभूत तथा प्राविधिक विश्लेषण

कम्पनीले २०७४/७५ आवको तेस्रोे त्रैमासको वित्तीय विवरणअनुसार रू. ९ करोड १९ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १ सय ३ प्रतिशतले बढी हो ।

कम्पनीले अघिल्लो आवको सोही अवधिमा रू. ४ करोड ५१ लाख नाफा कमाएको थियो । कम्पनीको आम्दानी ९० प्रतिशतले बढेकाले नाफा बढेको देखिन्छ ।

कम्पनीको चुक्तापूँजी रू. ३० करोड २४ लाख रहेको छ । बीमा कोषमा रू. २४ करोड १४ लाख जम्मा भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढी हो । कम्पनीले जेठ २७ गते २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

जगेडा कोषको रकम रू. ३० लाख ८६ हजार ऋणात्म रहेको छ । बीमा समितिको निर्देशन अनुुसार चालू आवको अन्त्यसम्ममा रू. १ अर्ब चुक्तापूँजी पुर्याउनु पर्ने अवस्थामा पूँजी वृद्धि योजना बीमा समितिमा स्वीकृतिको लागि पेश गरेको कम्पनीका अध्यक्ष उदय कृष्ण उपाध्यायले बताएका छन् ।

वर्गिकरणः बीमा कम्पनी
पछिल्लो व्यापार मूल्यः रू. ९५८
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १७१०
५२ हप्ताको न्यून व्यापार मूल्यः रू. ३४१
१८० दिनको भारित औसत मूल्यः रू. १०५८.२४

कम्पनीको महत्वपूर्ण अनुपात :

व्यवस्थापन समूहः
अध्यक्षः उदय कृष्ण उपाध्याय
प्रमुख कार्यकारी अधिकृतः शेखर बराल
प्रधान कार्यालयः ट्रेड टावर, थापाथली, काठमाडौं
शाखाः ३०
वेबसाइटः www.unitedinsurance.com.np
स्टक स्टिकरः युआइसी

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :

आधारभूत विश्लेषण : 
कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • चुक्तापूँजीको तुलनामा खुद नाफा १४ दशमलव ९३ प्रतिशतबाट बढेर ३० दशमलव ४२ प्रतिशतमा पुगेको छ । कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा रू. १३ करोड २६ लाख रहेको छ भने कम्पनीले महाविपत्ती जगेडा कोषमा रू. ६९ लाख १४ हजार छुट्याएको छ । कम्पनीको चालू सम्पत्ति रू. १ अर्ब ४८ करोड ४७ लाख र चालू दायित्व रू. १ अर्ब १० करोड ४५ लाख रहेको छ ।

  • कम्पनीले चैत मसान्तसम्ममा रू. १५ करोड १७ लाख आम्दानी गर्दा रू. ५ करोड ९७ लाख खर्च भएको छ । सोही अवधिमा कम्पनीले रू. ३८ करोड ४९ लाख बीमा शुल्क आर्जन गरेको छ । भने जारी बीमालेखको सङ्ख्या ५१ हजार २ सय ६६ रहेको छ । नविकरण गरिएको बीमालेखको सङ्ख्या ८ हजार ५ सय ९३ रहेको छ ।

  • कम्पनीले १ हजार ४ सय ३६ जनालाई रू. २४ करोड ३८ लाख दाबी भुक्तानी गरेको छ भने १ हजार ८ सय ३२ जनालाई रू. ८० करोड ७९ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १७ दशमलव ९१, मूल्य आम्दानी अनुपात ४९ दशमलव ५३, प्रति शेयर कुल सम्पत्तिको मूल्य रू. ५ सय ४६ दशमलव ३६, तरलता अनुपात १ दशमलव ६३ र प्रतिशेयर नेटवर्थ रू. १ सय ६८ दशमलव ५९ रहेको छ । सोमवारको शेयर मूल्य नेटवर्थको साढे ५ गुणा बढी छ ।

प्रावधिक विश्लेषण :

  • खरीद चापः कम्पनीको सोमवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे २ गुणा बढी रहेको छ । सो अवधिसम्म ५ हजार ६ सय १२ कित्ता शेयर खरीद गर्ने माग र २ हजार १ सय ७१ कित्ता विक्री गर्ने माग रहेको थियो ।

  • सोमवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती विश्लेषण :

१२ मार्च २०१८                                                                         ११ जुन २०१८

स्ट्याण्डर्ड डेभिएशन :

१२ मार्च २०१८                                                                           ११जुन २०१८

आरएसआई :

१२ मार्च २०१८                                                                          ११ जुन २०१८

मुभिङ एभरेज :

१२ मार्च २०१८                                                                            ११ जुन २०१८

  • मैनबत्ती विश्लेषणः कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीको शेयर मूल्य बुलिसमा रिभर्स हुने सङ्केत गर्दछ । विश्वसनियता भने सामान्य रहेको छ ।

  • आरएसआईः कम्पनीको ६१ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन (३९ दशमलव ८२ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेकोे देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएशनः कम्पनीको ६१ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएशन २० दशमलव ३१ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

  • मुभिङ एभरेजः कम्पनीको ६१ दिनको कारोबारमा २६ दिने औषत मूल्यरेखालाई १४ दिने औषत मूल्यरेखाले माथि बाट काटेर तल आएको छ । २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखाभन्दा हालको मूल्य तल छ । सोमवारको मूल्य रू. ९ सय ५८ देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महङ्गिएमा रू. १ हजारमा प्रतिरोध र मूल्य सस्तिएमा रू. ९ सय ३८ मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको