Like us!
Follow us!
Connect us!
Watch us!

यूएन पार्कमा गुन्डा नाइके अशोक लामामाथि प्रहरीको इन्काउन्टर

सोमबार, २८ जेठ २०७५, १३ : ४९ मा प्रकाशित

यूएन पार्कमा गुन्डा नाइके अशोक लामामाथि प्रहरीको इन्काउन्टर

अर्थ संसार, काठमाडौं –काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । लामाको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए ।

 महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको एसएसपी प्रताप सिंहको भनाई छ । लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

लामाले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो । गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको