Like us!
Follow us!
Connect us!
Watch us!

बजारले व्याजदर निर्धारण गर्ने, मुद्दतिमा १२ प्रतिशत व्याजदर लिएर एनसाइसी बजार प्रवेश, अरु बैंकले के गर्लान ?

सोमबार, २८ जेठ २०७५, १२ : ०५ मा प्रकाशित

बजारले व्याजदर निर्धारण गर्ने, मुद्दतिमा १२ प्रतिशत व्याजदर लिएर एनसाइसी बजार प्रवेश, अरु बैंकले के गर्लान ?

अर्थ संसार, काठमाडौं– बैंकिङ प्रणालीमा अहिले लगानी योग्य पुँजी (तरलता) सहज भएसँगै बैंकहरु विच व्याजदर बढाउने होडबाजी चल्न थालेको छ । यसको सुरुवात एनआइसी एसिया बैंकले सुरु गरेको छ ।

 बैंकले धनबर्षा मुद्दती निक्षेपमा १२ प्रतिशत व्याजदर दिने योजना सहित मैदानमा उत्रिएको हो । यस अघि २०७४ फागुन २५ गते ल्याएको मुद्दतिमा १२ प्रतिशत व्याजदरमा बैंकर्स संघले कैचि लगाएको थियो । त्यतिखेरको लगानी योग्य पुँजी बजारमा तरलता भएको कारण कैचि लगाएको संघले जनाएको छ । 

 ‘अहिले पुँजी बजार सहज भएकाले बैंकले व्याजदर बढाउन सक्नेछन’ बैंकर्स संघका सचिव अनिल  शर्माले अर्थ संसारलाई भन्नु भयो -‘अहिलेको  बजारले नै व्याजदर निर्धारण गर्ने छ ।’ 

नेपाल राष्ट्र बैंकले लगानी योग्य पुँजी बजार र बैंकको आर्थिक गतिविधि अनुसार मुद्दतिमा १३ प्रतिशत सम्म व्याज दिन पाउने व्यवस्था गरेको छ । जुन व्यवस्था अनुसार वाणिज्य बैंकहरुले धमाधम व्याजदर बढाउने योजनामा रहेका छन् ।  ‘अहिले पुँजी बजार सहज भएकाले बैंकले व्याजदर बढाउन सक्नेछन’ बैंकर्स संघका सचिव अनिल  शर्माले अर्थ संसारलाई भन्नु भयो -‘अहिलेको  बजारले नै व्याजदर निर्धारण गर्ने छ ।’ 

मुद्दति खातामा १२ प्रतिशत व्याजसहित बजारमा एनआइसी एसिया प्रवेश गरेसँगै अरु २७ वटा वाणिज्य बैंकलाई मार परेको छन् ।  आफ्नो ग्राहकलाई टिकाई राख्ने र नयाँ ग्राहकलाई तान्नको लागि अरु वाणिज्य बैंकहरुले पनि साधारण र मुद्दति खातामा व्याजदर बढाउने होडबाजी चल्ने देखिन्छ ।

जस कारण फेरि बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा बढ्ने देखिन्छ । ब्याजदर बढाउन बैंकहरुले प्रतिस्पर्धा गर्दा निक्षेपकर्तालाई फाइदा हुन्छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको