Like us!
Follow us!
Connect us!
Watch us!

९९ प्रतिशत काबेली बी- १ पुरा, काबेली कोरिडोर नबन्दा विद्युत् खेर जाने स्थिति

सोमबार, २८ जेठ २०७५, ०८ : ५२ मा प्रकाशित

९९ प्रतिशत काबेली बी- १ पुरा, काबेली कोरिडोर नबन्दा विद्युत् खेर जाने स्थिति

अर्थ संसार, पाँचथर । काबेली बी वान जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि प्रशारण लाइन नहुँदा उत्पादित विद्युत् खेर जाने स्थिति देखिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माण भइरहेको काबेली कोरिडोरको निर्माण अझै नसकिएकाले यस्तो स्थिति देखिएको हो । पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा रहेको उक्त आयोजनाको क्षमता २५ मेगावाट छ ।

निर्माण कम्पनीले गत वैशाखभित्रै आयोजनाबाट विद्युत् उत्पादनको तयारी गरेको थियो । तर, प्रसारण लाइनको निर्माण सकिने स्थिति नभएपछि आयोजनाले निर्माण कार्यको गति घटाएको थियो ।

त्यसपछि २०७४ असोजमा सकिएको आयोजनाको म्याद थपेर वैशाख १० सम्म पुर्‍याइएको थियो । थपिएको समयमा पनि काबेली कोरिडोरको निर्माण पूरा नहुँदा अहिले फेरि समस्या देखिएको छ । अहिलेसम्म आयोजनाको काम ९९ प्रतिशत सकिएर विद्युत् उत्पादनको अवस्थामा पुगेको आयोजनाका प्रोजेक्ट इञ्जिनीयर माधव भुर्तेलले बताए ।

उनले भने, ‘अधिकांश काम अन्तिम चरणमा छ । अब केही दिनभित्रै आयोजना ड्राइटेस्टमा जान्छ ।’ प्रसारण लाइन बनाउने जिम्मा भने नेपाल विद्युत् प्राधिकरणको हो ।

तर, प्रसारण लाइन बनी नसक्दै आयोजनाबाट विद्युत् उत्पादन हुने भएपछि आयोजनालाई करोडौं नोक्सान हुने स्थिति छ ।

आयोजना निर्माणको जिम्मा लिएको अरुण काबेली पावर लिमिटेडका प्रमुख प्राविधिक हस्तमान राईले भने, ‘सबै काम सकिसकेको छ, चाँडै व्यापारिक उत्पादन गर्ने योजना हो । तर, प्रसारण लाइन तयार नहुँदा विद्युत् खेर जाने अवस्था छ ।’

यसअघि काबेली कोरिडोरको स्थलगत अनुगमनका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोरिडोर निर्माणको म्याद नथप्ने बताएका थिए । स्थलगत अनुगमनपछि निर्माणको क्रममा देखिएका अवरोधहरू हटे पनि काम सम्पन्न हुन अभैm केही समय लाग्ने देखिएको छ ।

आयोजनाको बाँधस्थल पाँचथरको थर्पू र ताप्लेजुङको थुम्बेदिन गाविसमा पर्ने इवा काबेली दोभानमा रहेको छ । पानी छेक्न ब्यारेजसहित इण्टेक निर्माण कार्यसमेत सकिएको अरुण काबेली पावर लिमिटेडले बताएको छ । आयोजनाले बाँधस्थलबाट ४ हजार ८ सय मिटर लामो ४ डायमिटर व्यास भएको फलामे पाइपबाट विद्युत्गृहमा पानी पु¥याएर विद्युत् उत्पादन गर्ने बताइएको छ ।

ठूलो विद्युत् आयोजनाले बाँधस्थलबाट फलामे पाइपमार्फत विद्युत्गृहसम्म पानी पुर्‍याएर विद्युत् उत्पादन गर्न लागेको यो मेची अञ्चलमै पहिलोपल्ट हो । आयोजनाले प्रतिसेकेण्ड ३५ हजार लिटर पानीको सहायताले हिउँदमा समय १० मेवा र अन्य समयमा २५ मेवा विद्युत् उत्पादन गर्ने छ । आयोजनाको कुल अनुमानित लागत रू। ४ अर्ब रहेको छ । त्यसमध्ये ७० प्रतिशत बैङ्क तथा वित्तीय संस्थाबाट र बाँकी ३० प्रतिशत लगानीकर्ताबाट भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको