Like us!
Follow us!
Connect us!
Watch us!

सिंगापुर पुगे ट्रम्प र किम

सोमबार, २८ जेठ २०७५, ०८ : ४४ मा प्रकाशित

सिंगापुर पुगे ट्रम्प र किम

अर्थ संसार काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङउन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् ।
 
क्यानडामा भएको जी ७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिंगापुर ओर्लेका हुन् ।

उत्तर कोरियाली नेता किम सिंगापुृर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिंगापुरका अधिकारीले किम कुन जहाजमा आर्यरहेका छन् भन्ने यकिन नभएकोले अन्दाज गर्दै बसेको जनाएका थिए ।

उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आईतबार ३ वटा हवाईजहाज सिंगापुरतर्फ आईतबार ३ वटा हवाईजहाज आएका थिए ।

तर उत्तर कोरियाली अधिकारले किम तीमध्ये कुन जहाजमा यात्रा गर्दै छन् भन्नेबारे जानकारी गराएका थिएनन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको