Like us!
Follow us!
Connect us!
Watch us!

विदेश जाने घट्यो, रमिट्यान्स बढ्यो

सोमबार, २८ जेठ २०७५, ०८ : २७ मा प्रकाशित

विदेश जाने घट्यो, रमिट्यान्स बढ्यो

अर्थ संसार, काठमाडौं– गएको दस महिनामा रमिट्यान्समार्फत ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रमिट्यान्स ७ प्रतिशतले बढेको हो।

पछिल्ला केही महिना रमिट्यान्स  वृद्धिदर बढ्दै गएको छ । उक्त अवधिमा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटे पनि दक्षिण कोरिया, भारतबाट नेपाल आउने रमिट्यान्स बढ्दै  गएकाले समग्र वृद्धिदरमा सुधार भएको हो। गत वर्षको दस महिनामा रमिट्यान्स आप्रवाह वृद्धिदर ५.२ प्रतिशतले बढेको थियो।

गत वैशाखसम्म मुलुक भित्रिएको रमिट्यान्स सोही अवधिको व्यापार घाटाभन्दा ३ खर्ब १३ अर्ब कम हो। चालु आर्थिक वर्षको १० महिनामा कुल व्यापार घाटा ९ खर्ब १९ अर्ब रुपैयाँ छ । अघिल्ला वर्षहरूमा वार्षिक व्यापार घाटाको रकमभन्दा बढी रमिट्यान्स भित्रिँदैे आएकाले घाटाको प्रभाव खासै देखिएको थिएन ।

तर, पछिल्ला वर्षहरूमा रमिट्यान्स आप्रवाह र  व्यापार घाटाबीचको अन्तर बढ्दै गएकाले चुनौतीपूर्ण बनेको अर्थविद्ले जनाएका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार गत वैशाखसम्म व्यापार घाटा करिब २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा निर्यात आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.५ प्रतिशत थियो।

महँगी ४.१ प्रतिशत बजारमा उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने रकममा कमी नआए पनि राष्ट्र बैंकले सार्वजनिक गरको  तथ्यांकमा बजार भाउ घटेको देखिन्छ । ‘मूल्य वृद्धिदरमा चाप पर्ने संकेतका बाबजुद केही उपभोग्य वस्तुहरूको मूल्यमा भएको गिरावटका कारण ०७५ वैशाखमा उपभोक्ता मूल्य वृद्धिदर ४.१ प्रतिशत छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

गत चैतमा यस्तो मूल्य वृद्धिदर ५.३ प्रतिशत थियो। चालु आर्थिक वर्षको १० महिनासम्मको तथ्यांक हेर्दा वार्षिक औसत मूल्य वृद्धिदर प्रक्षेपित सीमाभन्दा न्यून रहने देखिएको राष्ट्र बैंकले जनाएको छ । धेर वर्षपछि गत वर्ष वार्षिक मूल्य वृद्धिदर राष्ट्र बैंकको लक्ष्यित सीमाभित्र रहेको कान्तिपुरमा समाचार छ ।

चालु आर्थिक वर्षको वार्षिक मूल्य वृद्धिदर ७ प्रतिशतभित्रै कायम राख्ने राष्ट्र बैंकको लक्ष्य छ । यद्यपि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरले आउँदा दिनमा मूल्य वृद्धिदर दरमा चाप पर्ने सम्भावना पनि छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको