Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डका घरबेटी अधिकारीलाई समेत कारवाही गर्न भक्तपुर प्रशासनको आग्रह

शुक्रबार, २५ जेठ २०७५, १२ : ०२ मा प्रकाशित

प्रचण्डका घरबेटी अधिकारीलाई समेत कारवाही गर्न भक्तपुर प्रशासनको आग्रह


अर्थ संसार, काठमाडौँ –  जिल्लामा सञ्चालित विभिन्न विकासनिर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ ।

विवरणमा एकै निर्माण व्यवसायीका तीन आयोजनासम्म समयमा सम्पन्न नभएको देखिएको छ । सूर्यविनायक–७ गुण्डुका निर्माण व्यवसायी दीपक राना मगरका तीन आयोजना अधूरो देखिएको छ । उहाँको निर्माण कम्पनी लोहनी एण्ड ब्रदर्श÷लालीगुराँस निर्माण सेवा जेभीले ठेक्का लिएको चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण, कमलविनायक बसपार्क भत्केपाटी सडक योजना र पेप्सीकोला– सल्लाघारी– भक्तपुर– नगरकोट– ब्यासी– सल्लाघारी –दरबार स्क्वायर सडक योजना समयमा सम्पन्न नभएको हो ।

 त्यस्तै भीमसेन भण्डारीको सुनौला खिम्ती कन्ट्रक्सनले लोकन्थली हेल्थपोष्ट रमाइलो चेक चाइल्ड नेचर स्कूलसम्मको सडक निर्माण र हनुमन्ते खोला–अरनिको राजमार्ग– वप्पा पाटी– विहार– वहाखाबजार सडक निर्माणको ठेक्का पाएकामा दुई  योजना अधूरा छन् ।

त्यसैगरी दुवाकोट स्वास्थ्यचौकी भवन निर्माणअन्तर्गत शाह इञ्जिनीयरिङ्ग कन्स्ट्रक्सन प्रालि धापाखेलका सञ्जीव शाह, मनोहरा पुल– इन्द्रायणी– साँखु सडक योजनाका लामा बिल्डर्स/साल्पा शेर्पा÷जयबाबा गोरखा जेभीका श्यामकुमार श्रेष्ठ, ठिमी चारदोबाटो बालकोट चोकअन्तर्गत वल्र्डवाइड÷विष्णु जेभी काठमाडौँका विष्णु लामा, कमलविनायक–नगरकोट सडक निर्माणअन्तर्गत शैलुङ्ग कन्स्ट्रक्सनका शारदा अधिकारीलाई पनि जिप्रकाले समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखी मन्त्रालयमा पठाएको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको