Like us!
Follow us!
Connect us!
Watch us!

म्याच फिक्सिङको अभिओग लागेका फटबरलाई विशेष अदालतले दियो सफाइ

विहीबार, २४ जेठ २०७५, १५ : ५५ मा प्रकाशित

म्याच फिक्सिङको अभिओग लागेका फटबरलाई  विशेष अदालतले दियो सफाइ

अर्थ संसार, काठमाडौं – विशेष अदालतले म्याच फिक्सिङको अभियोग लागेका नेपाली फुटबलर ६ जनालाई सफाइ दिएको छ।

विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार  न्यायाधीशहरू बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले प्रहरीको दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो।

सफाइ पाउनेमा राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापा रहेका छन् ।

२०७२ कात्तिक २४ गते थापालगायत चार खेलाडी र एक पूर्व प्रशिक्षक धरौटीमा रिहा भएका थिए।

विभिन्न अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको अभियोगमा प्रहरीले सोही वर्ष असोज २७ गते उनीहरूलाई पक्राउ गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको