Like us!
Follow us!
Connect us!
Watch us!

‘देशी विदेशी शक्तिले केही मिडियालाई प्रयोग गरेर मलाई काम गर्न दिएनन्,’

विहीबार, २४ जेठ २०७५, ११ : ५१ मा प्रकाशित

‘देशी विदेशी शक्तिले केही मिडियालाई प्रयोग गरेर मलाई काम गर्न दिएनन्,’

अर्थ संसार, काठमाडौँ – नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले बिहीबार राजीनामा दिएका छन् । खड्काले पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै  खड्काले भने –देशी विदेशी शक्तिले केही मिडियालाई प्रयोग गरेर मलाई काम गर्न दिएनन्,’ उनले भने, ‘राम्रो काम गर्न खोज्दा पनि काम गर्न दिएनन् ।’

२०७२ माघमा आयल निगमको कार्यकारी निर्देशकको पदमा नियुक्त भएपछि तीन वर्षको अवधिमा आफ्नो पदीय जिम्मेवारी कानूनसम्मत रुपमा देशवासीको सेवा गरेको खड्काको दाबी थियो ।

यसअघि, इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले गत कार्तिकमा मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको थियो  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको