Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका राष्ट्रप्रमुखको समानता

बुधबार, २३ जेठ २०७५, १४ : ०० मा प्रकाशित

यस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका राष्ट्रप्रमुखको समानता

अर्थ संसार,  काठमाडौँ – अगामी हप्ता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ ।

यसलाई शिखर वार्ता वा ‘समिट’ नाम दिइएको छ । यो शिखर वार्तालाई विश्वको राजनीतिक इतिहासमा नै एक असम्भव कूटनीतिक बैठक वा सम्मेलनको रुपमा पनि लिइएको छ ।

यी दुई नेताको राजनीतिक सिद्धान्त मिल्दैन । तर पनि दुईबीच आश्चर्यजनकरुपमा केही समानता भने रहेका छन् ।

गत वर्ष अमेरिकी राष्ट्रपति पदमा सपथ लिनुभएका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा बढी वा पाको उमेरको राष्ट्रपतिका रुपमा परिचित हुनुहुन्छ ।

उहाँ हाल ७२ वर्षको हुनहुन्छ र जुन १२ मा हुने उक्त वार्ताका दिन उहाँ ७२ वर्ष पूरा भइसक्नुहुने छ ।

उत्तर कोरियाली नेता किम जोङ उन भने विश्वको कान्छो राष्ट्रपतिको रुपमा रहनुभएको छ । उहाँ हाल ३४ वर्ष छ महिनाको हुनुभएको छ । उहाँ आज भन्दा छ वर्ष अघि नै उत्तर कोरियाको नेताका रुपमा काम थाल्नुभएको हो ।

सोलसिथ्त योनसे युनिभर्सीटीका प्राध्यापक जोन डेलुरीले अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले एक अर्काको कुरा सुन्ने र यसबाट राम्रै हुने विचार प्रकट गर्नु भएको छ ।

त्यसैबमोजिम उत्तर कोरियाले पनि अमेरिकासँगको वार्ताको तयारी गरिरहेको जनाएको छ । यसै क्रममा उत्तर कोरियाले सैनिक नेतृत्वमा पनि व्यापक मात्रामा फेरबदल गरेको समाचार पनि सार्वजनिक भएको छ ।

अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिंगापुरमा वार्ता हुन लागेको छ । त्यसैले हप्ता दिनपछि मात्र वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेरबदललाई चासोपूर्णरुपमा लिइएको छ ।

यस वार्तालाई उत्तर र दक्षिण कोरियामात्र नभए विश्वले नै बडो चासोपूर्णरुपमा हेरेको छ । यसले विश्वको राजनीतिमा नै प्रभाव पार्ने भएकोले पनि यसरी हेरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको