Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जामन्त्री पुुन देश दौडाहामा

बुधबार, २३ जेठ २०७५, १३ : २८ मा प्रकाशित

ऊर्जामन्त्री पुुन देश दौडाहामा

अर्थसंसार, काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ निर्माणाधिन राष्ट्रिय गौरवकासहित सिंचाइ आयोजनाको प्रगति बुुझ्न देश दौडाहामा हिँडेका छन् ।

उनले मंगलबार मात्र बाँकेको अगैयास्थित सिक्टा सिंचाइ आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गरेका छन्। आयोजनाको निरीक्षण गर्दै मन्त्री पुुनले  आयोजना प्रमुखसँग आयोजनाको काम कारबाहीको बारेमा जानकारी लिनुका साथै निर्धारित मितिमै काम सम्पन्न गर्न निर्देशन दिए।

नहरको काम सम्पन्न भएको ठाउँमा क्रमिक रुपमा किसानलाई पानी दिने तयारी रहेको मन्त्री पुनको भनाइ थियो ।यसअघि उनले बर्दियाको भेरी–बबइ डाइभर्सन, पश्चिम राप्ती जनताको तटबन्धनको प्रगतिको जानकारी लिए।  मन्त्री पुुनले भेरी–बबइ डाइभर्सनका मजदुरहरुसँग पनि छलफल गरेका थिए।

राप्तीपारीका समस्याका विषयमा जानकार रहेको बताउँदै मन्त्री पुनले विद्युत, सिंचाई र तटबन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताए।

ऊर्जा मन्त्री पुनले वर्षौदेखि समस्याका रुपमा रहेको विद्युत, सिंचाइ र तटबन्धको समस्या समाधान गर्न  गुरुयोजना तयार पारिएको र छिट्टै स्थानीयहरुले महशुस गर्ने गरी प्रतिफल प्राप्त गर्ने प्रतिवद्धता समेत जनाए ।

राप्तीसोनारी र नरैनापुरको अवस्थाका बारेमा प्रदेश ५ की प्रदेशसभा सदस्य कृष्णा केसीले मन्त्री पुनलाई जानकारी गराएकी थिइन्।  गाउँपालिकामा विद्युतको समस्या  रहेको भन्दै तत्काल विद्युत लाईन विस्तारका लागि पहल गरिदिन आग्रह गरिन।

ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले सम्बन्धित पक्षलाई युद्धस्तरमा गुणरस्तरीय काम गर्न निर्देशन दिएका थिए।   मन्त्री पुुन बिहीबार मात्र काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको