Like us!
Follow us!
Connect us!
Watch us!

चीनले माग्यो आकर्षक जविद्युत आयोजना

आइतबार, २० जेठ २०७५, ०८ : २४ मा प्रकाशित

चीनले माग्यो आकर्षक जविद्युत आयोजना

अर्थ संसार, काठमाडौं– चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाइ दिने भन्दै सरकारसँग प्रस्ताव माग गरको  छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकोक्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत् र प्रसारण लाइन आयोजनाको सूची मागेको हो ।

प्रधानमन्त्री ओलीलेसम्भवतः असार पहिलो साता चीन भ्रमण गर्दै छन । ऊर्जा मन्त्रालयलेपरराष्ट्र मन्त्रालयसँग छलफलपछि चीनलेमागेअनुसार ५ जलविद्युत् आयोजना र ५ प्रसारण लाइन आयोजनाकोसूची टुंग्याएकोछ । योसूची परराष्ट्र मन्त्रालयमा पठाइ सकिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ती आयोजना सम्बन्धी विस्तृत जानकारी समेटिएको प्रतिवेदन समेत चिनियाँ पक्षलाई पठाइने मन्त्रालयले जनाएकोछ । मन्त्रालयले तमोर, किमाथांका अरुण, उत्तरगंगा, नलसिंहगाड र पश्चिम सेती आयोजनाकोनाम पठाएकोछ ।

यस्तैप्रसारण लाइन आयोजनामध्ये गल्छी–केरुङ ४ सय केभी, बुटवल–अत्तरिया– महेन्द्रनगर ७६५ केभी, पूर्व–पश्चिम पहाडी लोकमार्ग ४ सय केभी प्रसारण लाइन, मस्र्याङ्दी– काठमाडौं ४ सय केभी, कर्णाली र कोसी करिडोर प्रसारण लाइन आयोजनाकोनाम पठाएकोछ । चिनियाँ पक्षलेआयोजना र प्रसारण लाइनको निर्माणमा चासो देखाएको ऊर्जा मन्त्री वर्षमान पुनलेबताए ।

उनले सरकारले तमोर, किमाथांका अरुण र नलसिंहगाड आयोजनालाई प्राथमिकतामा राखेको बताए । नेपाल–चीन प्रसारण लाइन निर्माणका लागि पनि चिनियाँ पक्षले चासो देखाइ रहेकोछ । पहिलोनेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका निम्ति ग्रिड कर्पोरसन  अफ चाइनालेजेठ पहिलोसाता विद्युत् प्राधिकरणलाई पत्र पठाएको थियो।

ग्रिड कर्पोरसने अफ चाइनाले आआफ्नो भूभागको प्रसारण लाइन निर्माणको खर्च बेहोर्ने भन्दै प्राधिकरणलाई प्रस्ताव पेस गरको  हो। योप्रसारण लाइन धादिङको गल्छीदेखि चीनकोकेरुङ हुँदैसिगात्सेसम्म पुग्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनलेएक जलविद्युत् आयोजना र प्रसारण लाइन उपहारस्वरूप बनाइदिनेर केही आयोजनाका लागि सहुलियतमा ऋण उपलब्ध गराउने सम्भावना छ ।

हाल विभिन्न चिनियाँ कम्पनीले कुल ८ सय ५० मेगावाट क्षमताका ११ आयोजनामा काम गरिरहेका छन्। चिनियाँ राजदूत यू होङलेकेही अघि ऊर्जामन्त्री वर्षमान पुन सँगकोभेटमा चिनियाँ सरकारको सन्देश सुनाएकी हुन्। नेपालका लागि चिनियाँ राजदूत लीलामणि पौडेललेपनि ऊर्जामन्त्री पुनलाई भेटेका थिए ।

पौडेललेपनि जलविद्युत् आयोजना बनाइदिने चिनियाँ चासोबारे मन्त्रीलाई जानकारी गराएका थिए । विभिन्न क्षेत्रका आयोजनालाई चीनलेगर्न सक्नेसहयोगको सम्बन्धमा चिनियाँ पक्षलेपरराष्ट्र  न्त्रालयका पदाधिकारीसँग लगातार छलफल गरिरहेकोछ ।

आइतबार पनि चिनियाँ टोली परराष्ट्र मन्त्रालयमापुगेर छलफल गरको  थियो।प्रधानमन्त्री ओली आफ्नो पहिलो कार्यकालमा चीन भ्रमण जाँदा पनि नेपाली पक्षले केही जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव गर्नेगृहकार्य गरको थियो।

२०७२ मा भएको ओलीको चीन भ्रमणको क्रममा पारवहन र व्यपार सम्बन्धीसम्झौता भए पनि जलविद्युत् सम्बन्धी कुनै सम्झौता भएन ।कस्ता छन् नेपाललेप्रस्ताव गरको  विद्युत् आयोजना तमोर : ७ सय ६२ मेगावाटका तमोर  जलाशययुक्त आयोजना अहिले अध्ययनको चरणमा छ ।

यसकोविस्तृत परियोजना र अध्ययन र डिजाइनका लागि नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेकोछ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यसकोअध्ययन अघि बढाएकोहो । आयोजनाले तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लालाई छुनेछ ।

किमाथांका अरुण : विद्युत् उत्पादन कम्पनी लिमिटेडले४५० मेगावाटको किमाथांका अरुणको अध्ययन गरिरहेकोछ । यो आयोजनाका लागि विद्युत् विकास विभागले उसलाई २०७४ मा यो आयोजनाकोअध्ययन अनुमति दिएकोथियो।

उत्तरगंगा : ३ सय मेगाावट क्षमताको उत्तरगंगा जलाशययुक्त आयोजनाको विद्युत् प्राधिकरणले अध्ययन गरिरहेकोछ । बागलुङमा बन्ने यो आयोजनाको विस्तृत अध्ययन जारी छ । यसलाई सजिलैर चाँडैनिर्माण गर्न सकिने आयोजना मानिएकोछ ।

नलसिंहगाड : जाजरकोटकोखगेनकोट दल्लीमा निर्माण हुने४१० मेगावाट क्षमताको यो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन निर्माणको क्रममा छ । साथैआयोजना निर्माणका लागि प्रभावितलाई मुआब्जा वितरण हुनेक्रममा छ । आर्थिक वर्ष २०७४/७५ मा आयोजनालाई ५२ करोड रुपैयाँ विनियोजन गरिएकोछ । कान्तिपुरबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको