Like us!
Follow us!
Connect us!
Watch us!

पाल्पा बस दुर्घटना UPDATE: १२ को मृत्यु, १५ जना घाइते

शुक्रबार, १८ जेठ २०७५, १३ : १२ मा प्रकाशित

पाल्पा बस दुर्घटना UPDATE:  १२ को मृत्यु, १५ जना घाइते

अर्थ संसार, काठमाडौं – पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्वरको यात्रुवाहक बस शुक्रबार विहान रमभा  गाउँँपालिका–४, होमिनमा सडक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी अस्पताल लगिएको छ । प्रहरीका अनुसार बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्बद्ध २७ जना सवार थिए । बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको बताइए पनि कारण खुलेको छैन ।

मृतक १२ मध्ये ११ को सनाखत

मृतक मध्ये ११ को सनाखत भएको छ । बसमा २७ जना सवार थिए ।मृत्यु हुनेमा तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाल प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य रहेका छन् । त्यस्तै तानसेन ३ का छत्रमान शाक्य, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, तानसेन ४ का कृष्णबहादुर बोहोरा, तानसेन ६ का दुर्गाबहादुर सारु, तानसेन २ का लोकनाथ ढकाल,तानसेन ३ का बसन्ती खाण रहेका छन् ।

त्यसैगरी तानसेन ६ कै गिता बुढाथोकी ,तानसेन ३ कमला कार्कीको मृत्यु भएको छ ।  एक महिलाको नाम खुल्न सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको