Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट सिनर्जी पावरको आईपीओ निष्काशन (आवेदन दिने स्थानसहित)

शुक्रबार, ०८ पुस २०७३, १० : ३१ मा प्रकाशित

आजबाट सिनर्जी पावरको आईपीओ निष्काशन (आवेदन दिने स्थानसहित)

अर्थ संसार 
काठमाडौं– सिनजीए पावर लिमिटेडले प्रति कित्ता १ सय रुपैयाँका दरले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधार सेयर शुक्रबारदेखि निष्काशन गरेको छ । लगानीकर्ताले साधारण सेयरका लागि पुष ८ गते (शुक्रबार) देखि खुलेको आवेदन  छिटोमा पुष १२ र ढिलोमा पुष २२ गते बन्द हुने कम्पनीले जनाएको छ । 

 इच्छुक लगानीकर्ताले कम्तिमा ५ हजार रुपैयाँ बराबरको ५० कित्ताका लागि र बढीमा २१ लाख रुपैयाँ बराबरको २१ हजार कित्ताका लागि आबेदन दिन सक्ने छन्।  कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटल, नक्साल, सिनर्जी पावर डेभलपमेन्ट नक्साल तथा सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन्। 

सर्वसाधारणका निष्काशन गर्न लागिएको २१ लाख कित्ता सेयर मध्य कर्मचारीका लागि ६३ हजार कित्ता, १० सामुहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता छुट्याइएको छ। सामुहिक लागनी कोषहरुमा नबिल ब्यालेन्स फन्ड–१, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१, एनआइबिएल समृद्धि फण्ड–१, लक्ष्मी भ्यालु फन्ड–१, सिद्दार्थ इक्विटि ओरियन्टेड स्किम, सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१, ग्लोबल आइएमई समृद्धि फन्ड–१, नबिल इक्विटी फन्ड, एनएमबि हाइब्रिड फन्ड एल–१, र एनआइबिएल प्रगति फन्ड रहेका छन।  हाइड्रोका कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याइएपछिको बाँकी १९ लाख ३२ हजार कित्ता सर्वसाधारणका लागि वितरण गरिने भएको छ।  आइपीओ वितरणपछी कम्पनीको चुक्ता पुंजी ७० करोड रुपैयाँ पुग्ने छ। 

आवेदन संकलन केन्द्रहरु
१.सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड, भगवतीवहाल, नक्साल काठमाण्डौ, फोन  :४४४०४३३
२.सानिमा क्यापिटल लिमीटेड, नारायणचौर नक्साल, काठमाण्डौ । फोन : ४४२८९५६
३.सानिमा बैंकका काठमाण्डौ, ललितपुर, भक्तपुर र देशभरका यी शाखा कार्यालयहरु 

585cb02f5439c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको