Like us!
Follow us!
Connect us!
Watch us!

सुरुङमार्ग निर्माणका लागि जापानसँग १५ अर्ब ४० करोडको सम्झौता

विहीबार, ०७ पुस २०७३, १६ : ३५ मा प्रकाशित

सुरुङमार्ग निर्माणका लागि जापानसँग १५ अर्ब ४० करोडको सम्झौता

अर्थसंसार
काठमाडौँ । नेपालकोविभिन्न परियोजनाको लागि समय समयमा विदेशीहरुले ऋणदिदै आईरहेका छन् । जापानले नेपाललाई १५ अर्ब ४० करोड ५० लाख ऋण (१६.६३ विलियन जापानी येन) सहायता उपलब्ध गराउन सहमत भएको छ । उक्त ऋण०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षको लागि नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजनाको लागि दिन लागिएको हो । 

उपप्रधान मन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न भएको उल्लेख गरिएको छ । अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आयोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो भने सोही अवसरमा अर्थ मन्त्रालयका अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्याल र जापानी सहयोग नियोग (जाइका) का नेपाल प्रमुख जुन साकुमाले ऋणपत्रमा हस्ताक्षर गरे । 

नेपालका लागि जापानी राजदूत ओगावाले सुरुङ परियोजना नेपाल र जापान सम्बन्धको कोसेढुङ्गाका रुपमा रहने उल्लेख गरे । यसैगरी नयाँ प्रतीकका रुपमा लिएर यस परियोजनालाई सम्पन्न गरिने बताए ।  यस परियोजना कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सबै निकायलाई समेत उनले आग्रह गरे । 

जापानले बनाउने उक्त परियोजना सन् २०२२ मा सम्पन्न गरिने योजना बनाइएको छ । यो परियोजना सम्पन्न भएपछि राजधानीलाई नेपालका अन्य मुख्य सहर र भारतसँगको सडक यातायातमा सहजता आउने विश्वास लिइएको छ । 

उक्त ऋण सहायता सुरुङमार्गको निर्माण कार्य, पहँुच मार्ग, पुल लगायतका अन्य निर्माण कार्य र परामर्श सेवामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । यसबाट भिरालो तथा धुमाउरो सडकको प्रयोगले हुने खतरा र ट्राफिक जामजस्ता समस्यालाई समाधान हुनेछ । २१ अर्ब जापानी येनमा सम्पन्न हुने उक्त परियोजनाको १६.६३ अर्ब जापानी येन जापानले र बाँकी नेपाल सरकारले व्यहोर्ने छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको