Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेसमी फेसन रन–वेमा दलजितका क्रियशन (फोटोफिचर)

शनिबार, १२ जेठ २०७५, १८ : १६ मा प्रकाशित

ट्रेसमी फेसन रन–वेमा दलजितका क्रियशन (फोटोफिचर)

अर्थ संसार, काठमाडौं – ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो । साँझ ढल्दैगर्दा फेसन पारखीहरु तिल्मिदै थिए । जहाँ छिपिँदो रातलाई अन्तर्राष्ट्रियस्तरको ‘फेसन शो’ले स्वागत गर्दैथियो । छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहोल रंगीन बन्यो ।

‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’नाम दिइएको उक्त अन्तर्राष्ट्रियस्तरको फेसन शोमा दुई दर्जन व्यवसायिक मोडल तथा कलाकार रन–वे नाप्न तयार हुँदैथिए । एकातिर लबिमा भने फेसन पारखीहरु कक्टेलमा रमाउँन थालिसकेका थिए । बियर र ह्विस्कीको ‘फेसन कन्ट्रास्ट’ गज्जबको देखिन्थ्यो ।

साँझको ८ बज्नै लाग्दा ‘इन्स्टुमेन्टल म्युजिक’को तालमा १९२ फिट लामो युसेफ र्याम्पमा मोडलहरु एक–एक गरी विरालो चालमा निस्किए । स्टेज परम्परागत भन्दा केही भिन्न थियो । त्यसैले मोडलहरुको विरालो हिडाइ हेर्न घाँटी तन्काउनु पर्दथ्यो । तन्किदै दर्शकले उनीहरुलाई तालीले हौसला दिएका थिए । एकपछि अर्को गरी मोडलहरुले ३  ‘सिक्वेन्स’मा बिभिन्न आकर्षक पहिरनहरु भएका थिए ।

नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्याउन हो । फेसन शो अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थापन नेक्स्ट मोडल नेपालकी यतना पाण्डेले बताइन् ।

१६ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए । जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत नेपालकै टप तथा ब्यवसायी उत्कृष्ट २४ मोडल मोडलिङ क्षेत्रमा कहलिएका नामहरु थिए ।

दलजित सुदान, जो एक अन्तर्राष्ट्रियस्तरमा चिनिएका फेसन डिजाइनर हुन् । शुक्रबार साँझ उनै दलजितको एकल क्रियशन प्रस्तुत गरिएको थियो । डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका डिजाइनहरू निकै आर्कषक देखिन्थे । थुप्रै फेसन सो मार्फत आफ्ना डिजाइनहरु प्रस्तुत गरिसकेकी सुदानको नेपालका लागि यो पहिलो एकल सो थियो ।

 

 

5b0955deb894d.jpg 5b0955dedb434.jpg 5b0955df4fcc9.jpg 5b0955e000805.jpg 5b0955e15af4f.jpg 5b0955e431f4d.jpg 5b0955e5188f4.jpg 5b0955e60c7ff.jpg 5b0955e70082d.jpg 5b0955e811261.jpg 5b0955e84b457.jpg 5b0955eb24850.jpg 5b0955eb29262.jpg 5b0955ed0f09a.jpg 5b0955eec5a36.jpg 5b0955f0062ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको