Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याकपाइने

मंगलबार, ०८ जेठ २०७५, १९ : ५६ मा प्रकाशित

सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याकपाइने

अर्थ संसार, काठमाडौं -ग्लोबल की टेक्नोलोजी प्रालिले समय र पैसाको बचतसंगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्यसहित सुरु गरेको मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा आएको छ ।

‘नेपाली एप्स हामी नेपालीहरु कै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहरा एकै दिन नयाँ भर्सनमा आएको हो ।

रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन२३ वर्षीय साहसी युवकनर्बिन मगरले सगरमा थाशिखरमा फहराएका थिए । मगर आइतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाण्डौं फर्किएका छन् । उनलाई रिचार्जर एप्सको निर्माता कम्पनी ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडर तथा प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरे ।

नेपालमा ब्राण्डेड अनलाइन शपिंगहबमा बलियो उपस्थिती जनाउने लक्ष्य सहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो । यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास व्याकपाउनका लागि एप्प्लको एप स्टोर तथा गुगल प्लेस्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यसरी खाता खोल्दा प्रयोगकर्ताले तत्काल एक सय रुपैंया क्यास व्याक पनि पाउने छन ।

‘५ वर्षको रिसर्च पछि तयार पारिएको रिचार्जरको नेपालमा अरु विकल्प छैन भन्ने सन्देश दिनका लागि कामगर्दैछौं ।’ ग्लोबल की टेक्नोलोजीका अध्यक्षा अलाइभ ग्लाइडरले भने ।

जतिको रिचार्ज त्यति नै क्यास ब्याकदिने पहिलो नेपाली एप्स रिचार्जरमा ब्राण्डेड सामान मात्र उपलब्ध हुनेछन् । रिचार्जरबाट मुभी टिकेट, एयर टिकेट, बस टिकट पाउनुका साथै विभिन्न किसिमका महसुलबार कोड बाट भुक्तान गर्न सकिन्छ ।

धेरै वस्तु तथा सेवा पाइने रिचार्जरमा अहिलेसम्मकै धेरै पेमेण्ट गेटवे इन्टिग्रेट गर्ने क्रमजारी छ । ई सेवा,आईमी पेल गायतका अधिकांस पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथाक्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीदगर्न सकिन्छ ।

रिचार्जको शतप्रतिशत क्यास व्याकले सपिंगमा टेवा पुर्याउँछ । ‘रिचार्जरका प्रयोगकर्तालाई शतप्रतिशत क्यास व्याकसँगै हरेक ब्राण्डेड सामान सस्तो मूल्यमा उपलब्ध गराउँने लक्ष्यका साथ काम गर्दैछौं । यसका लागि नेपालमा चलनचल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दैछौं ।’ ग्लोबल की टेक्नोलोजीका प्रमुखकार्यकारी अधिकृत निराजन सिंहले भने ।

४० हजार पटक डाउनलोड भएको रिचार्जरको आगामी भर्सनबाट होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्ने व्यवस्था गरिने बताइएको छ । दैनिक उपभोग्य सामान,लत्ता कपडा, विद्युतीय तथा मेशिनरी सामान पाइने रिचार्जरमा साइकलदेखि गाडीसम्मका उत्पादनका साथै नुनदेखि सुनसम्मका वस्तु उपलब्ध गराउने काम तिब्र रुपमा भैरहेको छ ।

३ बर्ष भित्र नेपालको आन्तरिक व्यापारको २५प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएको रिचार्जरले डेढ प्रतिशतको मार्जिनमा सेवा उपलब्ध गराउने छ । अहिले परीक्षणका रुपमा सेवा प्रदान गरिरहेको रिचार्जरमा आगामी ६ महिनाभित्र १ हजार ब्राण्ड इन्टिग्रेट भैसक्ने छन् ।

रिचार्जरको मोबाइल एप्स एप्पलको एप्स https://play.google.com/store/apps/details?id=com.reecharger तथा https://play.google.com/store/apps/details?id=com.reecharger बाट डाउनलोड गर्न सकिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको