Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीले दिए जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

मंगलबार, ०८ जेठ २०७५, १४ : १२ मा प्रकाशित

प्रधानमन्त्री ओलीले दिए जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत उनले सो निमन्त्रणा गरेका हुन् । राजदूत ओगावाले सोमवार साँझ प्रधानमन्त्री ओलीसँग बिदाई भेट गरेका थिए । उनी आफ्नो कार्यकाल सकेर मङ्गलवार सवदेश फर्किंदै छन् ।

भेटमा प्रधानमन्त्री ओलीले गएको ११ वर्षदेखि नेपाल र जापानबीचमा उच्चस्तरीय भ्रमण हुन नसकेको उल्लेख गर्दै यथासम्भव छिटो नेपाल भ्रमणका लागि जापानी प्रधानमन्त्रीलाई आमन्त्रण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिए ।

सो अवसरमा आफ्नो चारवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किन लागेका राजदूत ओगावा नेपालमा रहँदा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सफल भएकामा प्रधानमन्त्री ओलील बधाई ज्ञापनसमेत गरे ।

उनले नेपालको एक हितैषी एवम् प्रमुख दाता राष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक, शैक्षिकलगायत विकासका विभिन्न क्षेत्रमा जापानले विगत लामो समयदेखि विनाशर्त पुर्‍याउँदै आएको सहयोगप्रति जापानलाई विशेष धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच हाल रहिआएको सुमधुर सम्बन्धले आगामी दिनमा निरन्तरता पाओस् भनी राजदूत ओगावामार्फत शुभकामनासमेत व्यक्त गरे । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको