Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको सातदोबाटोमा

सोमबार, ०७ जेठ २०७५, २० : ११ मा प्रकाशित

सेञ्चुरी बैंकको नयाँ शाखा काठमाडौंको सातदोबाटोमा

अर्थ संसार, काठमाडौं सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको सातदोबाटोमा सोमबार शाखा स्थापना गरी कारोबार सुरु गरेको छ ।

नयाँ शाखको उद्धघाटन गर्र्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याएको बताउनुभयो ।

सात्तदोबाटो शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नुभयो । उद्धघाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सुमेरु अस्पतालका अध्यक्ष भरत मर्हजन, प्रहरी निरिक्षक शिताराम हाक्षेतु तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती  रहेको थियो ।

शाखा उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको