Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम, हेर्नुस् पूर्णपाठ

सोमबार, ०७ जेठ २०७५, १८ : ५२ मा प्रकाशित

यस्तो छ सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम,  हेर्नुस् पूर्णपाठ

अर्थ संसार, काठमाडौं– सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रम अनुसार सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । त्यस्तै आगामी आर्थिक वर्षलाई समृद्धिमा इतिहास रच्ने आधार वर्षको रुपमा दावी गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने, ५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हालिस गर्ने र प्रतिव्यक्ति आय दोब्बर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 त्यसै गरी सरकाले १० वर्षभित्र प्रतिव्यक्ति विद्युत खपत हालको ११० बाट १५०० किलोवाट घण्टा पर्याइने लक्ष्य राखेको छ  ।

सरकाले पाँच वर्षभित्र उत्पादनका सवै क्षेत्र, सार्वजनिक यातायात सेवा र अन्य पूर्वाधारका क्षेत्रमा चौविसै घण्टा विद्युत आपूर्तिको व्यवस्थाको राख्ने योजना रहेको छ ।

सार्वजनिक र नीजि क्षेत्रको लगानीबाट साना, मझौला र ठूला जलविद्युत आयोजना निर्माण गरी पाँच वर्षभित्र ५ हजार मेगावाट र दश भित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको