Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोको तीन करोड ७१ लाख बराबरको आइपिओ मंगलबारदेखि

सोमबार, ०७ जेठ २०७५, १२ : ५१ मा प्रकाशित

जोशी हाइड्रोको तीन करोड ७१ लाख बराबरको आइपिओ मंगलबारदेखि

अर्थ संसार, काठमाडौं–  एक पछि अर्को गर्दै जलविद्युत् कम्पनीले साधारण सेयर (आइपिओ) बिक्री गरिरहेको बेला जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले मंगलबारदेखि आइपिओ बिक्री गर्ने भएको छ ।

 कम्पनीले आयोजना प्रभावित स्थानीयलाई रु ३ करोड ७१ लाख ४० हजार बराबरको ३ लाख ७१ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

पहिलो चरणमा इलामको इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा, र माईपोखरीका बासिन्दाले  आईपीओका लागि आवेदन दिन सक्नेछन् । स्थानीयले  न्युनतम ५० देखि अधिकतम १ हजार ८०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

आईपीओ निष्कासन गर्न लागेको सो कम्पनी औसत भन्दा तल वित्तीइ विवरण रहेको कम्पनी हो ।

सो कम्पनीलाई  इक्रा नेपालले  ग्रेड ५ प्रमाणपत्र दिएको छ ।

आयोजनाको लागत  प्रतिमेगावाट रु  १८ करोड ४५ लाख  छ । आयोजना बनाउन रु ५५ करोड ३५ लाख लाग्ने  छ ।

आयोजना प्रभावितलाई सकेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन हुने कम्पनीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको