Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

सोमबार, ०७ जेठ २०७५, ११ : ०७ मा प्रकाशित

ज्योति विकास बैंकको बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया  कार्यक्रम

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले गत शनिबार बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको ठमेल शाखाको आयोजना तथा मनि चेन्जर एसोसियसनको सहकार्यमा राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म राज ढुङ्गानाको प्रमुख आतिथ्यमा ठमेलको होटेल मनाङ्गमा सम्पन्न भएको हो ।

कार्यक्रममा बैंक र मनि चेन्जर व्यवसायका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा  नेपाल राष्ट्र बैंकका निर्देशक राम प्रसाद गौतम र साहायक निर्देशक माधव पोखरेलद्वारा विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा जानकारी दिनुभएको थियो ।

त्यै गरी  विदेशी विनिमय प्रमुख भिष्म राज ढुङ्गानाले विनिमय सम्बन्धि ऐन नियम तथा राष्ट्र बैंकको निर्देशन बारे बताउनुका साथै मनिचेन्जर एसोसिएसनका पदाधिकारी तथा सहभागीले राखेको जिज्ञासा बारे प्रष्ट पार्नु भयो ।

सो अवसरमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले ज्योति विकास बैंक विदेशी मुद्रा कारोवार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न ठमेलमा शाखा विस्तार गरिएको वताउनु हुँदै प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि ज्योति विकास बैंकमा कारोवार गर्न आग्रह गर्नु भयो ।

साथै सो अवसरमा मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेतले व्यवसायीहरुका समस्या बारे जानकारी गराउँदै समाधानका निम्ति आग्रह गर्नु भयो ।

यस बैंकको निकट भविष्यमा नै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि ( Reliable Corporate Image) बजारमा स्थापित गर्न सफलभएकोे छ ।

आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सि आस्वा तथा आस्वा सेवा समेत उपलब्ध गराएको छ । हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको