Like us!
Follow us!
Connect us!
Watch us!

चिनियाँ लगानीको होङसी शिवम् सिमेन्ट उत्पादन थाल्यो, बजारमा भाऊ घट्ने

सोमबार, ०७ जेठ २०७५, ०९ : १० मा प्रकाशित

चिनियाँ लगानीको होङसी शिवम् सिमेन्ट उत्पादन थाल्यो, बजारमा भाऊ घट्ने

अर्थ संसार, काठमाडौँ - चिनियाँ कम्पनीको लगानी रहेको होङसी शिवम् सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन सुरु गरेको छ ।

दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने र त्यसलाई बढाएर दैनिक १२ हजार टन पुर्याउने लक्ष्यका साथ उत्पादन सुरु भएको हो ।

बजारमा सिमेन्ट आपूर्ति बढेपछि मूल्य पनि कम हुने अनुमान गरिएको छ ।नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवमले सिमेन्ट उत्पादन थालेपछि बजारमा ६ हजार टन सिमेन्ट आपूर्ति बढ्ने देखिएको छ ।

गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता सम्पन्न भएको थियो ।

सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि रु ३६ अर्ब ७५ करोड  लगानी गरेको छ ।

कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ ।

सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । उद्योगले वार्षिक २६ लाख टन उत्पादन गर्ने जानकारी दिएको छ ।

हालसम्म  नेपालमा सबैभन्दा बढी अर्घाखाँची सिमेन्टले ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उद्योगमा करीब १ हजार कामदार कार्यरत छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको