Like us!
Follow us!
Connect us!
Watch us!

कर्णालीको लिलामी सेयर भर्ने आज अन्तिम दिन

सोमबार, ०७ जेठ २०७५, ०७ : ५४ मा प्रकाशित

कर्णालीको लिलामी सेयर भर्ने आज अन्तिम दिन

 अर्थ संसार,  काठमाडौं - वैशाख ३१ गतेदेखि लिलामीमा ल्याएको कर्णाली डेभलपमेण्ट बैंकको लिलामी सेयर भर्ने सोमवार अन्तिम दिन रहेको छ ।

बैंकले माघ ११ देखि चैत १ गतेसम्म हकप्रद निष्कासन गर्दा वितरण हुन नसकेको १७ लाख ६२ हजार १ सय ८८ कित्ता हकप्रद सेयर लिलामीमा ल्याएको हो । जसमा, संस्थापक तर्फ १४ लाख ६१ हजार २ सय ७० कित्ता र सर्वसधारण तर्फ ३ लाख ९ सय १८ कित्ता रहेको छ ।

यस सेयरको न्यूनतम मूल्य १ सय तोकिएको हुँदा सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ । दुबै तर्फको सेयरखरीदका लागि न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्रवालाले आफूले खरीद गर्न चाहने सेयरको जम्मा मूल्यको सम्पूर्ण रकम प्रभु क्यापिटल लिमिटेडको नाममा प्रभु बैंक लिमिटेडको कमलादी, काठमाडौंमा रहेको खाता नं. १३५११६००६३१८१६०००००६ मा नगद जम्मा गरी अङ्कित गरी सोको सक्कल भौचर बोलपत्रमा पेश गर्नुपर्नेछ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको