Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गिरावट, कारोबारमा बृद्धि

आइतबार, ०६ जेठ २०७५, १५ : १९ मा प्रकाशित

नेप्सेमा गिरावट, कारोबारमा बृद्धि

 अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार नेपाल स्टक एक्स्चेन्ज (नप्से)मा सामान्य गिरावट आएको छ ।

नेप्सेमा गिरावट आएपनि बिहीबारको तुलनामा कारोबारमा बृद्धि  भएको छ । बिहीबार नेप्से १.६४ अंकले बढ्दा २८ करोडको कारोबार भएको थियो । तर, आज नेप्से ०.४६ अंकले  घट्दा ३४ करोड ८२ लाख ९८ हजार ३२३ रुपैयाँको कारोबार भएको छ ।

धितोपत्र बोर्डले ग्राहक पहिचान विवरण (केवाइसी) नविकरण नगर्ने ग्राहकलाई कारोबार नगराउन निर्देशन दिएपछि केहीदिन अघिदेखि सेयर कारोबारमा गिरावट आएको थियो । केवाइसी नविकरण गर्नेको संख्या विस्तारै बढेसँगै कारोबार रकम पनि बढ्दै गएको देखिन्छ ।

 धितोपत्र बोर्डले केही महिना अगाडि नै वैशाखमसान्तभित्र ग्राहक पहिचान विवरण (केवाइसी) नविकरण गराउन ब्रोकहरुलाई निर्देशन दिएको थियो ।

बोर्डको निर्देशन अनुसार ग्राहक विवरण नविकरण नगराउने लगानीकर्तालाई ब्रोकर कार्यालयहरुले कारोबारमा रोक लगाएको छ ।

जम्मा १५९ वटा कम्पनीको ७ लाख ६९हजार ३०३ कित्ता सेयर खरिदविक्री भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.०४ अंकले घटेको छ ।

घटेको बजारमा विकास बैंक १.०३, जलविद्युत०.८४, विमा १९.७६ र माइक्रोफाइनान्स ७.९ अंकले बढेको छ । यता बैंकिङ १.७८, होटल १९.५५, फाइनान्स ०.०२, उत्पादन ११.६४ र अन्य ०.३२ अंकले घेटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु


गुमाउने कम्पनीहरु

5b014457bfd36.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको