Like us!
Follow us!
Connect us!
Watch us!

२५ लाखको लगानीमा जलकन्या र जलदेवि आधारभूत विद्यालय हस्तान्तरण (फोटोफिचर)

आइतबार, ०६ जेठ २०७५, १५ : ०८ मा प्रकाशित

२५ लाखको लगानीमा  जलकन्या  र जलदेवि आधारभूत विद्यालय हस्तान्तरण (फोटोफिचर)

अर्थ संसार, गुजुरी– धादिङको गजुरी गाउपालिकाको वडा नं. ४ चिउरी खर्कमा रहेको जलकन्या  र धर्मेचौरमा रहेको जलदेवी विद्यालयमा आधारभूत  बिद्यालय हस्तान्तरण गरिएको छ ।

प्रयास नेपाल धादिङ र यु.यम.एन.को सहयोगमा निर्माण गरिएको विद्यालय भवन शनिबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले विद्यालय भत्काएपछि यस विद्यालयका १ सय भन्दा बढी विद्यार्थिहरु खुला आकाशमुनि पढ्दै आइरहेका  थिए ।

‘आज हाम्रो एउटा सामाजिक उत्तरदायित्व पुरा भएको छ’ प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले भन्नुभयो– ‘ खुल्ला आकाश मूनी अध्ययन गर्दै आएका वालवालिकाले अव नयाँ पक्की भवनमा बसेर पढ्न र लेख्न पाउने छन् ।’

 विशेष गरी  चेपाङ र दलित बालबालिका अध्ययन  गर्दै आइरहेका छन् । भूकम्पपछि नयाँ पक्की भवन पाएपछि यहाँका विद्यार्थी, शिक्षक र अभिभावकमा खुशियाली छाएको छ ।

हरिशरण चेपाङको अध्यक्षता र गजुरी गाउँपालिकाको अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २५ लाख लागतको व्यवस्थापनमा २ कोठे बाल मैत्रीपूर्ण कक्षाकोठा, ३ कोठे बाल तथा अपांग मैत्री शौचालय र बाल मैत्री खानेपानी धारा कक्षा कक्षामा पिउने पानीको लागि फिल्टर हस्तान्तरण तथा वितरण गरिएको थियो ।

5b014cbb24c5a.jpg 5b014ce9c6960.jpg 5b014ce9e7838.jpg 5b014ce9e9335.jpg 5b014cea20a34.jpg 5b014cea3bd6e.jpg 5b014cea4d2d3.jpg 5b014cea7b6e8.jpg 5b014cea844cf.jpg 5b014ceab5bb0.jpg 5b014cead3d08.jpg 5b014ceadb9ca.jpg 5b014ceb0cebf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको