Like us!
Follow us!
Connect us!
Watch us!

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सडकमा सयौं गाडी र हजारौं यात्रु रोकिए

आइतबार, ०६ जेठ २०७५, ०८ : ०५ मा प्रकाशित

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, सडकमा सयौं गाडी र हजारौं यात्रु रोकिए

फाइल फोटो

अर्थ संसार, चितवन — नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेका कारण आइतबार बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार इच्छाकामाना गाउँपालिका–६ को चेपेखोलामा आइतबार बिहान पाँच बजे ठुलो पहिरो गएको हो।

पहिरो हटाउन सुरु भए पनि केही समय लाग्न सक्ने प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण सडकमा सयौं गाडी र हजारौं यात्रु रोकिएका छन्।

गाडी चल्न थाले पछि हुने सडक पार गर्न हुने तछाड मछाडका कारण सडक जाम हुने भएकाले बाटोमा रहेका गाडीलाई आफ्नो लेनमा मात्रै चलाउन प्रहरीले आग्रह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको