Like us!
Follow us!
Connect us!
Watch us!

यो साता ९ वटा कम्पनीको ३ करोड बढी कित्ता सेयर सूचिकृत, कुनको कति ?

शनिबार, ०५ जेठ २०७५, १७ : २३ मा प्रकाशित

यो साता ९ वटा कम्पनीको ३ करोड बढी कित्ता सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा ९ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । यी कम्पनीको बोनस  र हकप्रद सेयर सूचिकृत भएको हो  ।

कुनको कति कित्ता ?

यस साता डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु नौ लाख ६९ हजार ७९३ बोनस शेयर, प्रभु बैंक लिमिटेको दुई करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख तीन हजार ५६० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

यस्तै साइन रेसुङ डेभलपमेन्ट बैंकको २७ लाख ५१ हजार २३१ कित्ता बोनस, सिर्जना फाइनान्स लिमिटेडको नौ लाख ८२ हजार ८०० कित्ता बोनस, समता माइक्रोफाइनान्सको ६३ हजार ३०० कित्ता बोनस, पोखरा फाइनान्स कम्पनीको नौ लाख ८३ हजार ६८२ कित्ता हकप्रद, मितेरी डेभलपमेन्ट बैंकको ११ लाख ९७ हजार ६९ कित्ता बोनस र प्रिमियर इन्स्योरेन्स कम्पनीको छ लाख ९५ हजार ३९७ कित्ता बोनस शेयरसमेत स्टकमा सूचीकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको