Like us!
Follow us!
Connect us!
Watch us!

जुवा,तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे सिन्धुली प्रहरीको नियन्त्रणमा

शनिबार, ०५ जेठ २०७५, १६ : ४२ मा प्रकाशित

जुवा,तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे सिन्धुली प्रहरीको नियन्त्रणमा

शंखर पहाडी,गौरब

अर्थ संसार, सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाबाट प्रहरीले जुवा,तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ गरेको छ ।

कमलामाई नगरपालिका–६ राटमाटाको शिव सुनुवारको घरमा जुवा तास खेली रहेको अवस्थामा ६ जनालाई  नगद ३८ हजार ,८ सय ९० रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अर्थ सन्सार सिन्धुलीलाई जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले जुवा,तास खेल भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेको  जुवाडेहरुको बारेमा  आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको