Like us!
Follow us!
Connect us!
Watch us!

श्रीमानको पनिउ प्रहारबाट श्रीमतीको मृत्यु

शनिबार, ०५ जेठ २०७५, १३ : २६ मा प्रकाशित

श्रीमानको पनिउ प्रहारबाट श्रीमतीको मृत्यु

शंखर पहाडी,गौरब

अर्थ सन्सार सिन्धुली -सिन्धुलीको घ्याङ्लेख गाँउपालिका वडा नं. ३ तामाजोरमा आफ्नै श्रीमानले  माद्यक पदार्थ सेवन गरी श्रीमतीको हत्या गरेका छन ।

 घ्याङ्लेख गाँउपालिका वडा नं. ३ तामाजोर लप्से निवासी एकिन बहादुर गोलेले पित्तलको पनिउले हिर्काउदा श्रीमती सुकरानि गोलेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अर्थ सन्सार सिन्धुलीलाई जनाएको छ ।

अत्याधिक माधक पदार्थ सेबन गरेर सामान्या घरायसी बिबाद हुँदा श्रीमानले पउनिउले हिर्काएर श्रीमतीको हत्या गरेका हुन ।

श्रीमान गोलेले खाफ्नै घरमा खाना चलाउनको लागि प्रयोग हुने पितलको पनिउले झटारो हान्दा  श्रीमती सुकरानिको टाउकोमा  पनिउ गाडिएर  घट्ना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

श्रीमतीको हत्या गर्ने श्रीमानलाई ईलाका प्रहरी कार्यलय हायुटार बस्तिपुरले नियन्त्रणमा लिई आबश्यक कार्बाही अगाडी बढाएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको