Like us!
Follow us!
Connect us!
Watch us!

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

शनिबार, ०५ जेठ २०७५, १३ : १८ मा प्रकाशित

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

 अर्थ संसार, रुकुम-रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ट्रली९पछाडिको भाग० सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाउँपालिका–१ पञ्चासेमा रा १ त २२६१ नंको ट्र्याक्टर दुर्घटनामा परी सोही ठाउँका ४० वर्षीय गणेश भण्डारी र तुलसीपुर उपमहानगरपालिका दाङका ३२ वर्षीय चूडामणि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेको अहिले रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको