Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर सुर्खेतको जन माध्यामिक विद्यालयमा

शनिबार, ०५ जेठ २०७५, १० : ३१ मा प्रकाशित

ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर  सुर्खेतको जन माध्यामिक विद्यालयमा

अर्थ संसार, काठमाडौं - ज्योति विकास बैंक  लिमिटेडले विरेन्द्रनगर ६ पिपलचौतारा सुर्खेत स्थित जन माध्यमिक विद्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।

विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोती प्रसाद कडेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच शुक्रबार गतेका दिन संयुक्त रुपमा माध्यामिक विद्यालयमा एक्सटेन्सन काउन्टर उद्घाटन गर्नु भयो ।  

यस बैंकको निकट भविष्यमा नै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि  ( Reliable Corporate Image) बजारमा स्थापित गर्न सफलभएकोे छ ।

आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सि आस्वा  तथा आस्वा सेवा समेत उपलब्ध गराएको छ ।

हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

5affaf36d3e86.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको