Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार साईकल अन्तरक्रिया हुँदै

शुक्रबार, ०४ जेठ २०७५, १८ : २४ मा प्रकाशित

शनिबार साईकल अन्तरक्रिया हुँदै

अर्थ संसार, काठमाडौं – नेपाल साईकल तथा व्हिलचेयर समाजको आयोजनामा शनिबार “काठमाण्डौ ऊपत्यकामा साईकल लेन कसरी सम्भव छ ? विषयमा अन्तरक्रिया कार्यक्रम  हुने भएको छ ।

दिउँसो १२ बजेदेखि ३ बजेसम्म नेपाल पर्यटन बोर्ड, भृकुटि मण्डप काठमाडौंमा हुने कार्यक्रमको  विशेष अथिति काठमाण्डौ  महानगरपालिकाको मेयर बिधासुन्दर शाक्य र ललितपुर महानगरपालिकाको मेयर चरीबाबु महर्जन रहने आयोजकले जनाएका छन् ।

चालु आर्थिक वर्ष २०७४/७५ को  राष्ट्रिय बजेटमा नेपाल सरकारको  तथा काठमाण्डौ ऊपत्यकाका महानगरपालिकाहरु र नगरपालिकाहरु तर्फबाट सडक, साईकल र वायुप्रदुषणका गम्भिर मुद्दाहरुमा गहन चासो र चिन्तनलिई प्रमुख प्राथमिकताका साथ नीति र बजेट कार्यान्वयनको तहमा लानको लागि के कस्ता ऊपायहरु, अवधारणाहरु र कार्यक्रमहरु ल्याउन सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको नेपाल साईकल तथा व्हिलचेयर समाजका अध्यक्ष रत्नराम श्रेष्ठले बताए

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको