Like us!
Follow us!
Connect us!
Watch us!

पुर्ननिर्माण र बाढीपहिरो नियन्त्रण गर्न जापानले ६८ करोड सहयोग गर्ने

शुक्रबार, ०४ जेठ २०७५, १६ : ४८ मा प्रकाशित

पुर्ननिर्माण र बाढीपहिरो नियन्त्रण गर्न जापानले ६८ करोड सहयोग गर्ने

अर्थ संसार, काठमाडौँ–जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि रु ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । आज अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी  सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने बताए।

 जापानी राजदूत ओगवाले प्राकृतिक विपद्मा परेका नेपाली जनताको  विकासमा सहायता रकमले मद्दत पुगोस् भन्ने चाहाना रहेको बताए।जापान र नेपाल प्राकृतिक विपद्मा परिरहने मुलुक हुन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको