Like us!
Follow us!
Connect us!
Watch us!

‘म भष्ट्राचार गर्दिन र गर्न पनि दिन्न’

विहीबार, ०३ जेठ २०७५, १६ : १० मा प्रकाशित

‘म भष्ट्राचार गर्दिन र गर्न पनि  दिन्न’

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओलीले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि भष्ट्रचार गर्न नदिने बताउनुभयो ।

पार्टी एकता घोषणा सभामा बोल्दै प्रधानमन्त्रीले देश आर्थिक संमृद्धि र सुशानको लागि हो यो पार्टी एकता भएको बताए ।

प्रधानमन्त्री ओलीले भने– कम्युनिष्टहरु जुट्न जान्दैनन् फुट्न मात्र जान्दछन् भन्ने कुरा उल्लेख भएको बताउँदै अब इतिहास परिवर्त भएको पनि दाबी गरे । ‘अब कम्युनिष्टहरु फुट्न जान्दैनन् अब जुट्छन,’

उनले एउटा महाअभियान चलाउनका लागि दुई शीर्ष नेताले सल्लाह, विचार विमर्श र विश्लेषण गरेर अगाडि बढाउने अठोट गरेको बताए । प्रम ओलीले आजको दिन उनको जीवनका खुसीहरु मध्ये सबैभन्दा खुसीको दिन भएको जिकिर पनि गरे ।

‘अध्यक्ष भएको हुनाले श्रेय आउँछ भनेर होइन । ड्राइभर सिटमा बसे पनि मुख्य चक्का हो । चक्का भनेका जनता र कार्यकर्ता हुन् जो चर्को घाम घस्सिएर कुदेका छन् । त्यसकारण सबैभन्दा बढी धन्यवाद नेपालको

भलो चाहने, नेपालको जनताको शासन चाहने देश र विदेशमा सबैलाई धन्यवाद दिन चाहन्छु र कार्यकर्तालाई धन्यवाद दिन चाहन्छु,’ उनले भने । उनले आज एकताको विरुद्धमा कोही पनि नभएको र सबै एक जुट भएको पनि दाबी गरे ।

उनले  वैधानिक रूपमा प्रमुख प्रतीपक्षी भए पनि आफूले कांग्रेसलाई प्रतीपक्षी नमान्ने बताए।

‘कांग्रेस इतिहास बोकेका पार्टी हो तर एउटा हारबाट आत्तिएको छ, कहिले कता टाउको ठोकेको छ, कहिले उता टाउको ठोकेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘२०१५ मा कांग्रेसले दुई तिहाइ जितेको थियो हामीले ४ सिटमात्र पाएका थियौं। तर हामी त दृढताका साथ बस्यौं।’

उनले हारबाट आत्तिएर कांग्रेसले जनताले नै झिजो मान्ने काम गरिरहेको बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको