Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेली मर्जरमा जाने

विहीबार, १३ असोज २०७३, १० : ४९ मा प्रकाशित

अरुण काबेली मर्जरमा जाने

अर्थ संसार
काठमाडौं–अरुण काबेली पावर लिमिटेडको छैटौ वार्षिक साधारण सभाले अन्य उपयुक्त हाईड्रोपावर कम्पनीहरुसँग आपासमा गाभ्न/गाभिन (मर्जर वा प्राप्ति) आवश्यक सबै काम गर्न सक्ने गरी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । साधारणसभा कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो ।
यस कम्पनीले पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सिमाना भएर बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी—१ जलविद्युत आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री संझौता सम्पन्न गरेको छ । उक्त आयोजनाका लागि नेपाल इन्भेष्मेण्ट बैकको अगुवाईमा ६ वटा बैक तथा वित्तिय संस्थाको सहवित्तियकरणमा आयोजनाको वित्तिय समायोजन भई परियोजनाको निर्माण कार्य भइरहेको छ ।

ब्यापारिक उत्पादन २०७४ साल बैशाख १० गते गर्ने प्रक्षेपण

यस परियोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले विश्व बैंकको ऋण सहायताबाट निर्माण गरिरहेको ९० किलोमिटर लामो दमक—काबेली (मेची कोरिडर) १३२ के.भी. डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथर जिल्लाको अमरपुरस्थित सबस्टेसनमा जडान गरी राष्ट्रिय ग्रिडमा विद्युत आपूर्ति गर्नेछ । । आयोजनालाई समयमै सम्पन्न गर्न दमक—काबेली कोरिडर अन्र्तगत थापाटार–अमरपुर, काबेली सवस्टेशनसम्मको १३ किलोमिटर दुरीमा पर्ने ४० वटा प्रसारण लाईनको निर्माणको काम अरुण काबेलए आफैंले नेतृत्व लिई गरी रहेको छ ।
काबेली बी–१ जलविद्युत आयोजनाको बाँधदेखि पावरहाउससम्म आवश्यक पर्ने सिभिल तथा हाईड्रोमेकानिकल संरचनाहरुको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भईसकेको छ । परियोजनालाई आवश्यक ईलोक्टोमेकानिकल तथा स्विंचिङ्ग सवस्टेशनमा लाग्ने मेशिनहरु सप्लाई गर्न भारत रहेको एन्ड्रिज हाइड्रो र नियोन इनर्जीसंग ठेक्का सझौता गरिएको कम्पनीले जनाएको छ । यि कम्पनीहरुले आगामी कार्तिक महिनादेखि जडान कार्य शुरु गर्र्ने छन् ।
अरुण काबेलीले निर्माण गर्नु पर्र्ने करिव ४.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाईन काबेलीदेखि अमरपुर सवस्टेशनसम्मको लागि आवश्यक पर्नेे जग्गा खरिद गरी सिभिल निर्माणको लागि नेपाल इलेक्ट्रिक कन्सट्रक्सन र टावर तथा हार्डवर्यरहरु डिजाईन, नक्सा तयार गरी सप्लाई गर्न भारतको हैदरावादमा रहेको अर्भेन्सिस इनर्जीसँग ठेक्का सझौता गरी काम गरिरहेको छ ।
यस परियोजनाबाट बार्षिक १४,१७,४६,४७० किलोवाट घण्टा विद्युतशक्ति उत्पादन हुने प्रक्षेपण गरिएको छ । विद्युत बिक्रीको मूल्य बर्षातका ८ महिनाको लागि ४ रुपैयाँ ८० पैसा प्रति किलोवाटघण्टा तथा हिउँदका ४ महिनाको लागि ८ रुपैयाँ ४० पैसा प्रति किलोवाट घण्टा कायम गरिएको छ । यस परियोजनाको प्रस्तावित ब्यापारिक उत्पादन २०७४ साल बैशाख १० गते गर्ने प्रक्षेपण गरिएको छ ।
यस परियोजना निर्माण पूरा गर्न ४ अर्ब लाग्ने अनुमान छ । परियोजना निर्माणका लागि बैंक तथा वित्तिय संस्थाहरुबाट लिईने परियोजना कर्जा वापत २ अर्ब ५० करोड र संस्थापकबाट जुटाइने लगानी १ अर्ब ५० करोड रुपैयाँमध्ये संस्थापक शेयरधनीहरुबाट १ अर्ब ५ करोड प्राप्त भैसकेको छ ।
उद्योग प्रभावित स्थानीय बासिन्दाहरुवाट १० प्रतिशत अथात् १५ करोड रुपैयाँ बरावरको साधारण शेयर निष्काशन गरी बाँडफाँड समेत भइसकेको छ । त्यसैगरी सर्वसाधारणमा ३० करोड रुपैयाँ बरावरको साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोडमा निवेदन दिइएको कम्पनीले जनाएको छ ।

१ असोज, ०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको