Like us!
Follow us!
Connect us!
Watch us!

सामूहिक सपथ लिए नेकपाका नेताहरुले बालुवाटारमा

विहीबार, ०३ जेठ २०७५, १७ : २७ मा प्रकाशित

सामूहिक सपथ लिए नेकपाका नेताहरुले बालुवाटारमा

अर्थ संसार, काठमाडौं–  एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैले एकसाथ सपथ लिएका हुन् ।

त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए ।  सोसँगै  एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विघटन भएको छ ।

बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पठाएको छ । बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, दुवै पार्टी का जनवर्गीय संगठनहरु खारेज गर्ने निर्णय समेत गरिएको छ ।दुई पार्टीको छिट्टै केन्द्रीय कमिटीको बैठक बलाइनेछ , पार्टीको राष्ट्रियसभागृहमा केहिबेरमा घोषणा गरिँदैछ ।

हेरौं,  सपथको ब्यहोरा

5afd70769ff59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको