Like us!
Follow us!
Connect us!
Watch us!

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति मूल्य ?

विहीबार, ०३ जेठ २०७५, ०७ : ४२ मा प्रकाशित

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति मूल्य ?

अर्थ संसार, काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य फेरि वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको निगमले जनाएको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले वृद्धि गरेको उक्त नयाँ मुल्य बुधबार राती १२ बजेदेखि लागू हुने निगमले बताएको छ ।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । निगमले ग्यास र हवाई इन्धनको मूल्य भने नबढाएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको