Like us!
Follow us!
Connect us!
Watch us!

तपाईले रैराङ­ हाइड्रोपावरको आइपिओमा आवेदन दिनुभयो ? आज अन्तिम दिन

विहीबार, ०३ जेठ २०७५, ०५ : ०० मा प्रकाशित

तपाईले रैराङ­ हाइड्रोपावरको आइपिओमा आवेदन दिनुभयो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौँ-रैराङ­ हाइड्रोपावर डेभपलमेण्ट कम्पनीले आठ लाख ४०,००० कित्ता साधारण शेयर (आइपिओ) जेठ ३ गते बन्द  हुँदैछ । त्यसैले आज (जेठ २ गते)आइपिओको लागि आवेदन दिने अन्ति दिन हो ।

त्यसमा सामुहिक लगानीकोष, कर्मचारी तथा सर्वसाधारण शेयरधनीलाई निष्काशन खुल्ला गरिएको हो ।  सो कम्पनीको शेयर यही वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म बिक्री वितरण गरिनेछ ।

कम्पनीले सर्वसाधारणको लागि छुट्टाइएको रु एक सय  अंकित दरको चौध लाख कित्ता साधारण शेयरमध्ये रु एक सय  अंकित दरको पाँच लाख ६०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र पांचथर र ताप्लेजुङ जिल्लाका बासिन्दाका लागि दश प्रतिशत शेयर दिइनेछ ।

त्यसमा रु सय अंकित दरका पाँच लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गरी मिति २०७४र०४र०६ मा बाँडफाट गरेको छ भने बाँकि १५५ अर्थात धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेको छ ।

साधारण शेयर खरिदकालागि दरखास्त दिँदा दरखास्तवालाले दरखास्त साथ आफुले खरिद गर्न चाहेको साधारण शेयर संख्याको प्रति साधारण शेयर रु सय का दरले हुनआउने एकमुष्ट रकम नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका  आश्वा सदस्य बैंक तथावित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा जम्मा गरी सो को सक्कलभौचर वा बैंक ड्राफ्ट संलग्न गरी दरखास्त दिनु पर्ने व्यवस्था गरिएको छ ।

आवेदनकर्ताले कम्तीमा ५० कित्ता साधारण शेयरको लागि दरखास्त दिनु पर्नेछ । यदिकुनै दरखास्तवालाले ५० कित्ताभन्दा बढी शेयरको लागि दरखास्त दिन चाहेमा १० अंकको गुणांकमा अधिकतम चार हजार दुई सय कित्ता साधारण शेयर खरिद गर्नका लागि दरखास्तदिनु पर्नेछ ।

रैराङ­ हाइड्रोपावर डेभपलमेण्ट कम्पनी लिमिटेड प्रचलित कानून बमोजिम २०५९ वैशाख २ गते प्राइभेट कम्पनीको रुपमादर्ता भई मिति २०७१ वैशाख २० गते पब्लिककम्पनीमा परिणत गरिएको हो । यस कम्पनीको स्वामित्वमा धादिङ जिल्लामा ५०० किलोवाट क्षमताको रैराङ जलविद्युत् आयोजना मिति २०६१ साल देखि संचालनमा रहेको छ ।

यस कम्पनीले दोस्रो आयोजनाको रुपमा पाँचथर तथा ताप्लेजुंग सीमाना भई बहने इवाखोलाबाट ९९०० कि.वा. क्षमताको इवाखोला जलविद्युत् आयोजना निर्माण कार्य गरिरहेको छ ।

कम्पनी नेपाल विद्युत् प्राधिकरणवीच २०७० साल वैशाख २९ गते ३० वर्षको लागि विद्युत खरीद विक्री सम्झौता भएको थियो । इवाखोला आयोजना निर्माणको औसत ९० प्रतिशतकार्य सम्पन्न भैसकेको जानकारी कम्पनीका सञ्चालकश्री कुवेरमणि नेपालले जानकारी दिनु भयो ।

इवाखोला जलविद्युत् आयोजना निर्माण गर्न रु एक अर्ब ६० करोड लाग्ने प्रक्षेपण गरी ६५ प्रतिशत ऋण तथा ३५ प्रतिशत स्वलगानी रहेको छ । कम्पनीले मिति २०७१ फागुन १ गते बैंक अफ काठमाडौं लिमिटेडको अगुवाईमा ५ वटा वाणिज्य वैंकहरुसंग इवाखोला आयोजना निर्माण गर्न रु। एक अर्ब ४ करोड ऋण सम्झौता रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडसँग भएको छ ।

बैंक अफ काठमाडौं लिमिटेडको अगुवाईमा अन्य वैंकहरुमा माछापुच्छ्रे वैंक लिमिटेड, सिटिजन्स् इन्टरनेशनल वैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र एन।सि।सि। वैंक लिमिटेड रहेका छन् ।

स्वःलगानी ३५ प्रतिशतले हुने ५६ करोडमध्ये २५ प्रतिशत सर्वसाधारण शेयरधनीको लागानी, २५ प्रतिशत रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको लगानी तथा बाँकी ५० प्रतिशत ३५५ जना संस्थापक शेयरधनीहरुको लगानी रहेको कम्पनीले प्रकाशन गरेको विवरण पत्रमा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको