Like us!
Follow us!
Connect us!
Watch us!

काठमाण्डौमा नेपाल ट्रेड समिट हुने

बुधबार, ०२ जेठ २०७५, १९ : ४४ मा प्रकाशित

काठमाण्डौमा नेपाल ट्रेड  समिट हुने

अर्थ संसार, काठमाण्डौं विशेष गरि स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई एउटै साझा थलोमा ल्याई व्यवसायिक अन्र्तक्रिया गराउने उदेश्यले यहि जेठ  बिहीबार र शुक्रबार  होटल सोल्टी, काठमाण्डौमा नेपाल ट्रेड समिटको आयोजना हुन  भएको छ ।

समिटमा  नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरुले भागि लिने छन । विशेष गरी  सिमेन्ट र उर्जा उत्पादकहरुको बिशेष सहभागिता रहने यस कार्यक्रममा ३०० भन्दा बढि प्रतिनीधी र  २५ भन्दा बढि प्रर्दशनकत्र्ता रहने आयोजकले जनाएको छ । 

जेठ ३ गते साझ प्राबिधिक सत्र हुनेछ भने जेठ ४ गते शुक्रबार बिहान ८ः३० बजे अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख अतिथीको रुपमा समिटको औपचारिक उद्घाटनको कार्यक्रम रहेको छ ।  नेपालका प्रतिष्ठित उद्योगीहरु प्रदिप कुमार श्रेष्ठ (उपाध्यक्ष क्यासी), हरि भक्त शर्मा लगायत लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारी त्यसै गरि भारतीय तथा अन्य देशका प्रतिष्ठित प्रतिष्ठानहरुका प्रतिनिधीहरुबाट कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

त्यसै गरि कार्यक्रममा नेपाली प्रतिष्ठीत युवा व्यवसायीहरु युवा बक्ताको रुपमा रहने छन् । स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको यस कार्यक्रममा नेपाल र क्षिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारे ज्ञान हासिल गर्न सकिन्छ । 

त्यसै गरि चिन तथा अन्य मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, यस उद्योग क्षेत्रमा नयाँ अवसरहरुका बारेमा बुझ्ने, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्था बारे जान्ने, निमार्ण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायत यस क्षेत्रको प्राबिधिक ज्ञानको बारे जानकारी गराइनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको