Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग मार्फत विश्वकै पहिलो ५ जी भिडियो कल ‘डेमो’को घोषणा

बुधबार, ०२ जेठ २०७५, १९ : २० मा प्रकाशित

ओपोद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग मार्फत विश्वकै पहिलो ५ जी भिडियो कल ‘डेमो’को घोषणा

अर्थ संसार, काठमाडौं - ओपो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (शेन्जेन)ले कम्पनीद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५जी भिडियो कल डेमोको सफल परिक्षणकोे घोषणा गरेको छ ।

परिक्षण मार्फत रिमोट रिसिभरमा  ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजिज्द्वारा विकसित ५जी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्र्रेट छवि प्रकाशित गरिएको थियो । यो नवप्रबर्तनात्मक प्रविधिको सफल परिक्षणलाई ५जी प्रविधिको औद्योगिकरुपमा वास्तविक अभ्यासहरुमा उतार्ने र उपयोगिताका बारेमा जान्ने कार्यमा नयाँ कोशेढुंगाका रुपमा लिइएको छ ।

ओपोद्वारा आयोजना गरिएको थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि मार्फत ५जी भिडियो कल परिक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरा सहितको कस्टमाइज्ड ओपो आर११एसको प्रयोग गरिएको थियो । परिक्षण मार्फत आरजीबी र फोनको स्ट्रक्चर्ड लाइट क्यामेराको प्रयोगद्वारा लक्षित विषयको रंग र थ्रीडी डेफ्ट ईन्फरमेसन संकलन गरिएको थियो । यसरी संकलित सुचना, ५जी वातावरणमा ट्रान्समिट गरी अन्त्यमा लक्षित विषयलाई रिमोट डिस्प्ले स्क्रिनमा प्रस्तुत गरिएको थियो ।


थ्रीडी डायनामिक मोडलिङ, थ्रीडी भिडियो कलिङको आधार हो ।

ओपो रिसर्च ईन्स्टिच्यूटको हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियानले भने ‘थ्रीडी स्ट्रक्चर लाइट प्रविधिको प्रयोगद्वारा गरिएको सफल ५जी भिडियो कलले उपभोक्ताका आवश्यकता बुझ्दै नवप्रबर्तन उन्मुख हाम्रो दिशालाई प्रतिबिम्बित गर्छ । ओपोले स्मार्टफोनमा थ्रीडी स्ट्रक्चर्ड लाएट प्रविधिको उपयोगितालाई ब्यवसायिकिकरण गर्दै उपभोक्ताका लागि यो अत्याधुनिक प्रविधि करिव ६ महिना भित्रै उपलब्ध गराउने छ । ’

 
ओपो रिसर्च ईन्स्टिच्यूटको हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियान

‘करिव ३ बर्ष अघिदेखि ओपो ५जी रिसर्च तथा डेभलपमेण्ट तथा ५जी उत्पादनको विकासका लागि अन्तरराष्ट्रिय मानक निर्धारण कार्यमा सक्रिय रुपले लागि रहेको छ । सन् २०१८को ज्यानुअरी महिनामा हामीले क्वालकम टेक्नोलोजिज् संगको सहकार्यमा ५जी पाइलट प्रोग्रामको घोषणा गरेका थियौँ । साथै, सन् २०१९सम्ममा ५जी ह्याण्डसेट सार्वजनिक गर्ने पहिलो स्मार्टफोन निर्माता बन्न लागि परेका छौँ ’,स्ट्यान्डराइजेसन रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक ट्यांग हाईले भने ।
 
स्ट्यान्डराइजेसन रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक, ट्यांग हाई

उच्च गति (ईएमबीबी), बृहत्त क्षमता (एमएमटीसी) र कम बिलम्बता (यूआरएलएलसी) सहितको ५जी प्रविधिलाई औद्योगिक मोबाइल दुरसञ्चारको नयाँ सुरुवातका रुपमा लिने गरिन्छ । ईएमबीबीको मानक स्थापना तथा म्याच्योरिटीसंगै ओपोले ईमेजिङ तथा सेन्सर प्रविधिसंग ५जी नेटवर्क समाहित गर्नेछ । यसको माध्यमबाट युबेकुटस रियालिटी, भर्चुअल रियालिटी, अगुमेन्टेड रियालिटी जोइण्ट रियालिटी लगायतका लागि प्रयोग सार्थकता अध्ययन गर्ने कम्पनीको योजना रहेको छ ।
 

सफ्टवेयर रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक , शन यान

सफ्टवेयर रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक , शन यानका अनुसार मोबाइल ईन्टरनेटले भौतिक र डिजिटल विश्व विचको सिमालाई धमिल्याउँदै लगिरहेको छ । साथै, निकट भविष्यमा प्रयोगकर्ता अनुभवलाई थप बृहत्त बनाउन थ्रीडी कन्टेण्ट एक प्रमुख कारकका रुपमा विकसित हुने देखिन्छ । ईमेजिङ प्रविधि तथा प्रयोगकर्ताको आवश्यकता प्रतिको पृथक जानकारीका माध्यमबाट भविष्यमा  नवप्रबर्तनात्मक प्रयोगमा आधारित एप्लिकेशनको विकास गर्दै जानेछौँ । थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको उपयोग गर्दै प्रयोगकर्तालाई अदृत्तिय मोबाइल अनुभव प्रदान गर्नेछौँ । साथै, सेक्योर पेमेण्ट, थ्रीडी रिकन्स्ट्रक्सन, एआर तथा गेमिङका सम्भावनापनि केलाउँदै उपयोगितामा लाने हाम्रो योजना रहेको छ । ’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको