सोमबार, २९ असोज २०७५, ०९ : ४३
एकता समितिको बैठक बोलाउन अध्यक्षद्वय सहमत
बुधबार, ०२ जेठ २०७५

अर्थ संसारर, काठमाडौँ– पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत हुनुभएको छ ।

दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई अध्यक्षबीचको वार्तामा आजै साँझ वा भोलिसम्म एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि मिति तय नहुँदा अन्योल देखिएको थियो । एमालेले एकताको तयारीमा लागि आज ४ बजे स्थायी कमिटीको बैठक बोलाएको छ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved