Like us!
Follow us!
Connect us!
Watch us!
कहाँबाट खरिद आवेदन दिने ?

बुधबारदेखि २ अर्बको नागरिक बचतपत्रको बिक्री खुल्यो, ९ प्रतिशत ब्याज पाइने

बुधबार, ०२ जेठ २०७५, ११ : ४४ मा प्रकाशित

बुधबारदेखि २ अर्बको नागरिक बचतपत्रको बिक्री खुल्यो, ९ प्रतिशत ब्याज पाइने

अर्थ संसार, काठमाडौं–  बुधबार अर्थात जेठ २ गतेदेखि नेपाल राष्ट्र बैंकल दुई अर्ब रुपैयाँको ‘नागरिक बचतपत्र २०८०’ को बिक्री खुलाएको छ ।

राष्ट्र बैंकले बिक्री खुल्ला गरेको  बचतपत्र इच्छुक नेपाली नागरिकले जेठ २२ गतेसम्म खरिदका लागि आवेदन सक्ने राष्ट्र बैंंकले जनाएको छ ।

बैंकका अनुसार जेठ २८ गते निश्कासन हुनेछ । वार्षिक ९ प्रतिशत ब्याजदर तोकिएको बचतपत्रमा आम्दानी कर भने लगानीकर्ताले तिर्नुपर्नेछ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने बैंकको सूचनामा उल्लेख छ ।

कम्तीमा पनि १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने रकमका लागि आवेदन गर्न सकिने व्यवस्था राष्ट्रबैंकले गरेको छ ।

बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकका काठमाडौं उपत्यका बाहिरका कार्यालयहरुबाट निःशुल्क आवेदन फारम उलब्ध हुने जानकारी राष्ट्रबैंकले दिएको छ । यसका साथै फारम केन्द्रीय बैंकको वेबसाइटमार्फत पनि डाउनलोड गर्न सकिनेछ ।

बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनरदिन सकिने समेत विशेषता छ । हाल लगानी गरिएको साँवा रकम लगानीकर्ताले २०८० जेठ २८ गते फिर्ता पाउनेछन् ।

 रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रकम बिना ब्याज निष्कासन मितिको ७ दिनभित्र फिर्ता गरिने जानकारी बैंकले दिएको छ ।

5afbc9ca94c01.jpg 5afbc9d7370ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको